वानेश्वर क्याम्पस प्रमुखलाई थुनेको घटनाप्रति नेविसंघको आपत्ती

घटनामा अखिल र अखिल क्रान्तिकारी संलग्न भएको आरोप

काठमाडौं,फागुन १४ । वानेश्वर बहुमुखी क्याम्पस प्रमुख डा. घमानसिंह खड्कालाई कानुन विपरितका मागहरु राख्दै उनको कार्यकक्षमा थुनिएको घटनाप्रति नेपाल विद्यार्थी संघले आफ्नो गम्भिर ध्यानाकर्षण भएको बताएको छ ।

नेविसंघका कार्यालय मुख्य सचिव तथा वानेश्वर बहुमुखी क्याम्पस समिति सभापति करुण रेग्मीले हरपल नेपालसँग कुरागर्दै क्याम्पस प्रमुखलाई थुनिएको घटनाप्रति आफ्नो संगठनको आपत्ती रहेको जनाएका हुन ।

नेविसंघको क्याम्पस समिति सभापति समेत रहेका रेग्मीले क्याम्पस प्रमुखलाई थुन्ने काममा अखिल र अखिल क्रान्तिकारीका नेताहरु संक्रिए भएको आरोप समेत लगाए । उनले आफ्ना असहमति र राजनीतिक,शैक्षिक मुद्धाबारे छलफल गरि निकास खोज्नुको साँटो जिम्मेदवार विद्यार्थी संगठनहरुले ताला लगाउर्दै  हिड्नुले निर्वाचनको विषयमा गलत संन्देश प्रवाह हुने तर्क गरे ।

नेविसंघ क्याम्पस समिति सभापति रेग्मीले त्रिविले अघिसारेको निर्वाचन सम्बन्धी नियम,कानुन विपरित प्लसटुका विद्यार्थीहरुलाई निर्वाचनमा सहभागी गराउनुपर्ने माग गर्दै अखिल र अखिल क्रान्तिकारीले चुनावी वातावरण बिगार्न खोजेको आरोप लगाए । उनले विद्यार्थी संगठनहरु जिम्मेवार भएर अघिबढ्नु पर्ने धारणा व्यक्त गरें ।

नेता रेग्मीले भने–‘हाम्रो संगठन प्लसटुलाई स्ववियु निर्वाचनमा सहभागी गराउनु मिल्दैन भन्ने पक्षमा रहेको छ । यसमा नयाँ शक्ति विद्यार्थी युनियन,समाजवादी फोरम निकटको विद्यार्थी संगठन लगाएतपनि समहत रहेका छन । निर्वाचन सम्बन्धी कानुनमा पनि यहि व्यवस्था गरिएको छ, तर केही संगठनहरु निर्वाचनको मुखमा आएर तालाबन्दी गरिरहेका छन,यसमा हाम्रो संगठनको गम्भिर आपत्ती रहेको छ ।’

तर क्याम्पस प्रमुख खड्कालाई थुनेको विषयमा कुनैपनि संगठनले भने जिम्मा लिएका छैनन । अखिल क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपानेले हरपल नेपालसँग कुरा गर्दै भने–‘त्यहा प्लसटुका विद्यार्थीहरुले तालाबन्दी गरेका हुन । हाम्रो,अखिलको र नयाँ शक्तिको विद्यार्थी नेताहरु पनि थुनिएको छन भन्ने मैले जानकारी पाएँको छु । त्यहाँ कुनै संगठनले नभई प्लसटुमा अध्ययन गर्ने विद्यार्थीहरुले स्ववियुमा आफुहरु पनि सहभागी हुन पाउनुपर्ने माग राख्दै तालाबन्दी गरेका हुन ।’