पत्रकार महासंघ दाङको अध्यक्षमा प्रियासन विजयी

दाङ,फागुन १४ । नेपाल पत्रकार महासंघ दाङ जिल्ला शाखाको निर्वाचनमा सविन प्रियासन विजयी भएका छन । पत्रकार महासंघ दाङको अध्यक्ष पदमा उनीसँग प्रेस चौतारीकै उम्मेद्वार दुर्गालाल केसीले व्यवसायिक प्यानलका नामबाट चुनावमा भाग लिएका थिए ।

निर्वाचनमा प्रियासनले १ सय ४९ मत ल्याउँदा दुर्गालाल केसीले ९१ मत ल्याउनु भएको छ । पत्रकार महासंघ दाङको निर्वाचनमा प्रियासन नेतृत्वको संयुक्त प्यानललाई प्रेस युनियन र प्रेस सेन्टरको साथ रहेको थियो। निर्वाचनबाट पदाधिकारीमा उनको प्यानल विजयी भएको छ।

प्रियासन नेतृत्वको संयुक्त प्यानलबाट उपाध्यक्षमा डिल्ली मल्ल , महिला उपाध्यक्षमा लिला शाह र र सचिवमा भुपेन्द्र प्रकाश ओली निर्वाचित भएका छन । सहसचिवमा गोकर्ण पौडेल, महिला सहसचिवमा शर्मिला विसी र कोषाध्यक्षमा आरके शितल निर्वाचित भएका छन्।

बिहान ८ बजेदेखि सुरु भएको मतदान दिउँसो १ बजे सकिएको थियो। पत्रकार महासंघमा रहेका दुई सय ५९ सदस्यमध्ये दुई सय ४३ मत खसेको निर्वाचन समितिले जनाएको छ।