वानेश्वर क्याम्पसमा प्लसटुका विद्यार्थीहरुद्धारा तालाबन्दीः क्याम्पस चिफ कोठामा बन्द

१२ सम्मका मतदाता हुनुपर्ने माग

काठमाडौं,फागुन १४ । राजधानीको वानेश्वर बहुमुखी क्याम्पसमा आज इन्टर लेभलमा अध्ययन गर्ने विद्यार्थीहरुले विभिन्न मागहरु राख्दै क्याम्पसमा तालाबन्दी गरेका छन । उनीहरुले क्याम्पसमा एघार,बाह्र कक्षामा अध्ययन गर्ने नियमित विद्यार्थीहरुलाई समेत स्ववियु निर्वाचनमा सहभागी गराउनु पर्ने लगाएतका मागहरु राख्दै क्याम्पसमा तालाबन्दी गरेको जनएका छन ।

विद्यार्थीहरुले क्याम्पस प्रमुख घमानसिंह खड्का सहित माओवादी केन्द्र निकटको अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य रविन बस्नेत,, अनेरास्ववियुका काठमाडौं क्याम्पस सचिव टीकाराम सुवेदी, नयाँ शक्ति विद्यार्थी युनियनका केन्द्रीय सचिवालय सदस्य सन्तोष रायमाझि र संघिय समाजवादी विद्यार्थी संगठनका सचिवालय सदस्य ठाकुर रितुराज थुनेका छन।

उृनीहरुले १२ कक्षामा अध्ययन गर्ने विद्यार्थीहरुले पनि मतदान गर्न पाउनु पर्ने भन्दै पटक पटक क्याम्पस प्रशासनसँग माग राख्दै आएको तर आफ्नो मागबारे प्रशासनले ध्यान नदिएको कारण तालाबन्दी गर्न बाँध्य भएको बताएका छन ।

विद्यार्थीहरुले आफ्नो मागको विषयमा विद्यार्थी संगठनहरुले असहमति जनाएको भन्दै विद्यार्थी संगठनका नेताहरुलाई समेत थुनेको भन्दै माओवादी केन्द्रै निकटको अखिल क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपानेले आफ्नो संगठनका नेतालाई तुरुन्त छाड्न आग्रह गरेका छन । उनले छलफल र वार्ताद्धारा निकास खोज्न विद्यार्थीहरुलाई आग्रह गरेका छन ।

नेविसंघका नेता करुण रेग्मीले हरपल नेपालसँग कुरा गर्दै भने–‘हामी उहाँहरुको मागमा सहमत छैनौ । उहाँहरुले भनेको जस्तो माग पुरागर्न सकिन्न । निर्वाचनको वातावरण कसैले पनि बिगार्न हुदैन,सहमति गरेर अगाडि बढ्नुको विकल्प छैन ।’

उनले अखिल र अखिल क्रान्तिकारी निकटका एघार,बाह्र कक्षामा अध्ययनरत विद्यार्थीहरुले तालाबन्दी गरेको आरोप लगाउदै आफुहरु गलत मागमा सहमत हुन नसक्ने धारणा व्यक्त गरे ।

अखिलका नेताहरुले क्याम्पस प्रमुख डा.घमानसिंह खड्कालाई उनको कार्यकक्षमा थुनेर बाहीर तालाबन्दी गरेका छन । अघिल्लो स्ववियु निर्वाचनमा उक्त क्याम्पसमा अखिलबाट नविना लामाको प्यानल विजय भएको थियो । अखिल अध्यक्ष नविना अहिले पनि उक्त क्याम्पसको विद्यार्थी रहेकी छन ।