एकलौटी मतदाता नामावली प्रकाशन गरेको आरोप लगाउदैँ विभिन्न संगठनद्धारा त्रिवि क्याम्पसमा तालाबन्दी

चार घण्टामा गल्ती सच्याउन माग

काठमाडौं,फागुन १४ । त्रिभुवन विश्वविद्यालयले पछिल्लो पटक सच्याएको स्ववियु निर्वाचनको कार्यतालीका अनुसार आज उम्मेद्बारी दर्ता गर्ने दिन एकलौटी हस्तक्षेप गरी मतदाता नामावली प्रकाशन गरेको आरोप लगाउदैँ त्रिविमा केन्द्रीय क्याम्पस बल्खुमा तालाबन्दी भएको छ ।

आज विप्लव नेतृत्वको अखिल क्रान्तिकारी,नेविसंघ,अखिल,नयाँ शक्ति विद्यार्थी युनियन,समाजवादी विद्यार्थी फोरम,अखिल छैठौं,मधेश विद्यार्थी फोरम लोकतान्त्रीक लगाएतका विद्यार्थी संगठनहरु संयुक्त प्रेस विज्ञप्ती सार्वजनिक गर्दै आन्दोलनमा उत्रिएका हुन ।

आन्दोलनमा उत्रिएका संगठनहरुले माओवादी केन्द्र निकटको अखिल क्रान्तिकारीले क्याम्पसमा एकलौटी हस्तक्षेप गरी मतदाता नामावली प्रकाशन गरेको आरोप लगाएक छन ।

उनीहरुले क्याम्पस प्रशासनले अन्य संगठनहरुलाई उपेक्षा गरेको आरोप लगाउदै क्याम्पस प्रशासनले निर्वाचन आचारसंहिता मुताविक गतिवीधी नगरेको जनाएका छन ।

आन्दोलनमा उत्रिएका विद्यार्थी संगठनहरुले आफ्ना चार बुँदे असहमतिका बुँदाहरु समेत सार्वजनिक गरेका छन । उनीहरुले मतदाता नामावली प्रकाशन सम्बन्धमा,आचार संहिता उल्लंघन सम्बन्धमा,निर्वाचन कार्यतालीका उल्लंघन सम्बन्धमा र स्ववियु सम्बन्धी नियमावली सम्बन्धमा आफ्नो असहमति रहेको जनाएका छन ।

उक्त विज्ञप्ती मार्फत निर्वाचन समितिले पुर्वाग्रही ढंगले छापामार शैलिमा मतदाता नामावली सार्वजनिक गरेको र निर्वाचन सम्बन्धीका अन्य गतिविधी गरेको आरोप लगाउदै त्यसलाई चार घण्टा भित्र सच्याउन माग गरेको छ ।