पृथ्वीनारायण क्याम्पस पोखरामा अखिलबाट स्ववियु अध्यक्षमा सरिता पुरी

जीत्ने आधार रहेको अखिलको दावी

पोखरा,फागुन १४ । आसन्न स्ववियु निर्वाचनको लागि पोखराको पृथ्वीनारायण क्याम्पसमा एमाले निकटको अखिलबाट सरिता पुरीको उम्मेदवारी घोषणा भएको छ । पिएन क्याम्पस पोखराको क्याम्पस समितिको हालै सम्पन्न बैठकले उनको उम्मेदवारी घोषणा गर्ने निर्णय गरेको हो ।

अखिलबाट अध्यक्ष पदको उम्मेदवार भएकी सरिता क्याम्पसको नियमित विद्यार्थी भएको भन्दै अखिलले उनको जीत्ने सम्भावना प्रवल रहेको बताएको छ ।

अखिलले क्याम्पसमा आफ्नो संगठनको प्रभाव राम्रो रहेको भन्दै स्ववियु निर्वाचनमा संगठनको सिंगो प्यानलनै जीत्ने सम्भावना रहेको जनाएको छ । निर्वाचन नजिकीएसँगै क्याम्पसमा निर्वाचनको प्रचार प्रसार कार्यलाई अखिलले तिब्र पारेको जनाएको छ ।

अखिलको अध्यक्ष नविना लामाले पिएन क्याम्पसबाट स्ववियु अध्यक्षको उम्मेदवारी पाएको भन्दै सरीता लगाएत उनको प्यानललाई बधाई सहित सफलताको शुभकामना प्रदान गरेकी छन । अध्यक्ष लामाले आफ्नो फेसबुक मार्फत सरिताको टिमलाई विजय गराउनका लागि विद्यार्थीहरुसँग मत समेत मागेकी छन ।

अध्यक्ष लामाले भनेकी छन–‘पृथ्वीनारायण क्याम्पस स्ववियुको ईतिहासमा पहिलो महिला अध्यक्ष बन्ने अवसरको लागि कमरेड सरितालाई शुभकामना । फाल्गुन १८ गते हुने स्ववियु निर्वाचनमा उहाँको नेतृत्वमा रहेको अनेरास्ववियुको समग्र टीम र अनेरास्ववियुलाई मतदान गरि विजयी बनाउन सम्पूर्ण विद्यार्थी साथीहरुलाई अनुरोध गर्दछु ।’