लम्की बहुमुखीमा विप्लव निकट अखिल क्रान्तिकारीबाट कोमल देवकोटाको उम्मेदवारी

भन्छीन–‘हाम्रो पुरै प्यानलको जीत सुनिश्चित छ’

कैलाली,फागुन १४ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्ववियु निर्वाचन हुने अधिकाशं क्याम्पसहरुमा निर्वाचनको मिति नजिकदै गर्दा संगठनहरुले प्रचार,प्रसारको कार्यलाई तिब्र गतिमा बढाइरहेका छन । स्ववियु निर्वाचनको विषयमा विभिन्न माग राख्दै आन्दोलनमा गरेर पछिल्लो अवस्थामा सहभागी हुनलागेको विप्लव निकटको अखिल क्रान्तिकारीले कैलालीको लम्की बहुमुखी क्याम्पसबाट अध्यक्ष पदमा कोमल देवकोटाको उम्मेदवारी घोषणा गरेको छ ।

विप्लव माओवादी निकटको अखिल क्रान्तिकारीको हालै सम्पन्न क्याम्पस समितिको बैठकले कोमल देवकोटाको नेतृत्वमा संगठनको तर्फबाट स्ववियु प्यानल घोषणा गरेको हो ।

अखिल क्रानितकारीको लम्की बहुमुखी क्याम्पस समिति बैठकले स्ववियु निर्वाचनमा संगठनको तर्फबाट उपाध्यक्षमा तेज बहादुर शाही,सचिवमा राम प्रसाद उपाध्याय,सह सचिवमा पार्वती जैसी,कोषाध्यक्षमा रेखा बजगाई लगाएतको उम्मेदवारी घोषणा गरेको जनाएको छ ।

अखिल क्रान्तिकारी कैलाली क्षेत्र नम्बर दुईको महिला विभाग इन्चार्ज तथा जिल्ला कार्यसमिति सदस्य तारा संज्यालले हरपल नेपालसँग कुरागदै क्याम्पसमा आफ्नो संगठनको राम्रो प्रभाव रहेकाले पुरै प्यानलले जीत्ने विश्वास व्यक्त गरिन ।

क्रान्तिकारीकी नेता संज्यालले भनिनन्–‘हामी स्ववियुमा रमाउन होइन,विद्यार्थीहरुको हक,अधिकार र क्याम्पसको शैक्षिक सुधार गर्नका लागि आफ्नो उपस्थिति जनाउदैछौ । हाम्रो संगठनले लम्की बहुमुखी क्याम्पसबाट लामो समयदेखि विद्यार्थी आन्दोलनमा संक्रिय,जुझारु, क्षमतावान छात्रालाई सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेको छ । यो समग्र छात्रा विद्यार्थी र आम परिवर्तनकारी,न्याय प्रेमी विद्यार्थी साथीहरुको लागि खुशीको कुरा हो भन्ने हामीलाई लागेको छ ।’

नेता संज्यालले क्याम्पसमा आफ्नो संगठन बलियो भएको भन्दै संगठनबाट उम्मेदवारी दिने नेताहरु आम विद्यार्थीहरुले रुचाएका र विद्यार्थीहरु माझ लोकप्रिय क्याम्पसका नियमित विद्यार्थी भएकाले हालसम्म पुरै प्यानलको जीत सुनिश्चित देखिएको दाबी गरिन ।

त्यसैगरी अखिल क्रान्तिकारी कैलाली क्षेत्र नम्बर दुईका इन्चार्ज तथा जिल्ला सचिवालय सदस्य महेन्द्र जोशीले क्याम्पसमा आफ्नो संगठनको प्रचार प्रसारको कार्यलाई व्यपक गरिएको बताए । नेता जोशीले शैक्षिक परिर्वतनका लागि अखिल क्रान्तिकारीको विकल्प नभएको तर्क गर्दै भने–‘हाम्रो संगठनको जीत निश्चित देखेका छौ । क्याम्पसमा पनि हाम्रा उम्मेदवार साथीहरुलाई सबैको सहयोग,समर्थन देखिएको छ । हामी ढुक्क छौ ।’

को हुन अध्यक्ष पदकी उम्मेदवार कोमल ?

अखिल क्रान्तिकारीको तर्फबाट लम्की बहुमुखी क्याम्पसमा अध्यक्ष पदको उम्मेदवार बनेकी कोमल देवकोटा उक्त क्याम्पसकी नियमित र मेहनती छात्रा हुन ।

उनी लम्की बहुमुखी क्याम्पसको अखिल क्रान्तिकारी इकाई समितिको सचिव समेत हुन । उनले विभिन्न समयमा भएका शैक्षिक आन्दोलनहरुमा संक्रियतापूर्वक नेतृत्व गर्दै आएकी छन ।

शैक्षिक परिवर्तन बिना व्यक्तिको जीवनमा उल्लेख्य प्रगति हुन नसक्ने भन्दै हरपल नेपालसँगको भेटमा उनले अखिल क्रान्तिकारीले समग्र राज्य व्यवस्थाका साथै शैक्षिक परिवर्तन,वैज्ञानीक र जनमुखी शिक्षाको पक्षमा संर्घष गर्दै आएकाले नितिगत रुपमा देशैभरी आफ्नो संगठनको जीत भैसकेको धारणा राखिन ।

कोमल एक सामान्य परिवारमा हुर्केकी, धेरै सम्भावना र क्षमता भएकी विद्यार्थी नेता हुन । एमाले र कांग्रेस पार्टीका स्थानीय नेता अभिभावक भएको परिवारमा हुर्केकी कोमल,जब राजनीतिलाई बुझ्ने भइन,त्यसबेलादेखि माओवादीमा संलग्न भएको बताउँछिन ।

समग्र प्यानलको जीत्ने आधार यसरी प्रस्तुत गरिन कोमलले

पहिलो कुरा– हामी स्ववियुमा रमाउन र त्यसको दुरुपयोग गर्न होइन, त्यहाँ पुगेर क्याम्पसको शैक्षिक सुधार गर्न चाहन्छौ । त्यसका लागि अखिल क्रान्तिकारीलाई आम विद्यार्थीले जीताउने हामीले विश्वास लिएका छौ ।

दोश्रो कुरा– हामी शैक्षिक परिवर्तनका साथै समग्र राज्य व्यवस्थाको परिवर्तनका लागि संर्घषरत छौ । स्ववियु निर्वाचनको सन्दर्भमा फरक विद्यार्थी संगठनमा रहेका साथीहरुले समेत हाम्रो संगठनलाई सकारात्मक रुपमा सल्लाह,सझाव र सहयोग गर्ने विश्वास दिनुभएको छ । क्याम्पसमा फरक संगठनमा क्रियाशिल विद्यार्थी साथीहरुले समेत हाम्रो पक्षमा मतदान गर्ने वातावरण बनेको छ । यसले हामीलाई थप जिम्मेवार बनाएको छ ।

तेश्रो कुरा – क्याम्पसमा संख्यागत हिसाबले आधा आकास ओगट्ने छात्रा साथीहरु हुनुहुन्छ, लैगिक अधिकारको विषयमा धेरै चर्का भाषण गर्न सिपालु अन्य संगठनहरुले महिलालाई नेतृत्व दिन खुट्टा कमाएको अवस्थामा हाम्रो संगठनले क्याम्पसबाट ६० प्रतिशत छात्रालाई स्ववियुमा अघिसारेको छ । यो हरेक संगठन भित्र रहेका महिला र आम विद्यार्थीहरुको लागि खुशीको कुरा हो ।

अन्तीम कुरा – हामीले विद्यार्थी हक,हीत र अधिकार स्थापित गराउने,सर्वसुलभ शिक्षा लागु गराउने,शिक्षामा सबैको समान पहुँच पुगाउने,टाढा घर भएका विद्यार्थीहरुको सुविधाको लागि क्याम्पस बसको व्यवस्था गराउन पहल गर्ने,क्याम्पसमा पुस्तकालयको सुधार तथा व्यवस्थापन गराउने,क्याम्पसमा खेल प्रेमी साथीहरुको सुविधाका लागि खेलकुद सामाग्रीहरु र खेल मैदानको व्यवस्थापनमा सुधार गर्ने,क्याम्पसमा शिक्षकहरुले नियमित पठाउनु पर्ने,समयमै कोर्स पुरा गराउनु पर्ने लगाएतका विषयमा पहल गर्ने जस्ता एजेन्डाहरु बोकेर स्ववियुमा जान खोजेका छौ । तसर्थ आसन्न स्ववियुमा हाम्रो संगठनले निर्विकल्प जीत्छ । यसमा हामी विश्वस्त रहेका छौ । म साथीहरुसँग हाम्रो संगठनलाई मतदान गरि जिताउनका लागि हार्दिक आग्रह गर्दछु ।