यसरी सम्भव छ नेपालमा आर्थिक क्रान्ति

‘अबको निकास आर्थिक विकास’ निकै मन छुने नारा भएको छ । यो नाराले मन छुनुको कारण यो नै काफी छ कि नेपालमा विकास भएन, त्यसमा पनि आर्थिक विकास त हुदै भएन । आर्थिक विकासमा नेपाल माथि जाने हैन तल झर्ने गति तिव्रतामा छ । आर्थिक वृद्धि दर पहिलो पटक लगभग शुन्यमा झरेको छ । अझै पनि अर्थतन्त्रमा सुधारका संकेत देखिएका छैनन् । यो देशकैलागि दुर्भाग्यको कुरा हो । यसो भनेर अव सुख पाउने अवस्था छैन । नेपालमा आर्थिक क्रान्ति गर्नै पर्छ र त्यो संभव छ ।

राजनीतिको गोलचक्करः

नेपालमा अर्थिक विकास किन भएन भनेर तर्क गर्दा भन्ने गरिन्छ कि लामो समय नेपालले राजनीतिक क्रान्तिकालागि धेरै समय खर्च गर्यो । पटक पटकका राजनीतिक क्रान्तिहरु पुर्णतामा पुर्याउन सकिएन । पटक पटकका क्रान्तिहरु अधुरा रहने र संझौतामा टुगिने अवस्था रहयो । संझौता गरेको केही समय पछि नै फेरि प्रतिगमन भैहाल्ने र समयक्रममा पुरानै अवस्था फर्किहाल्ने एकातिर भयो भने, अर्कोतिर आन्दोलनकारी पक्ष पनि विस्तारै पुरानै तिर ढल्कने र क्रान्तिको खास मर्म मुल्य र मान्यता पुरै बिर्सने अवस्था पनि आई परेकै हो । क्रान्तिकारीहरु क्रान्तिकारी परिवर्तन गर्न व्यवस्थामा छिर्ने तर व्यवस्थाले नै उनीहरुलाई परिवर्तन गरिदिने अवस्था आई पर्यो । क्रान्तिकारीहरु सिंहदरवार परिवर्तन गर्न सिंहदरवारका विरुद्ध लडे र सिंहदरवार पनि छिरे तर सिंहदरवारलाई हैन सिंहदरवारले नेताहरुलाई बदलिदियो ।

 संसदीय व्यवस्था परिवर्तन गर्न सो व्यवस्थाका विरुद्ध हतियार पनि उठाए, उठेको हतियार सहित संसदमा छिरे तर संसद र संसदीय व्यवस्था वदलिएन वरु संसदले उनीहरुलाई नै बदलिदियो । यही चक्र वारम्वार घुम्दै रहयो । व्यवस्था बदलिएन व्यवस्थाले क्रान्तिकारीहरुलाई बदलिदियो । अवस्था त झन जहाँको त्यही रह्यो । वरु अझ तल झर्ने अवस्था आयो । अवस्था बदल्ने कुरा सोझै आर्थिक क्रान्तिसँग जोडिन्थ्यो आर्थिक क्रान्तिको माहोल कहिल्यै आएन । राजनैतिक क्रान्तिका उपलब्धी जोगाउन आर्थिक क्रान्ति अपरिहार्य थियो तर आर्थिक क्रान्तिको पालो आउन नपाउदै राजनैतिक क्रान्तिको रंग फेरिने र फेरी अर्को राजनैतिक क्रान्तिको आरम्भ हुने अवस्थाको पुनरावृत्ति भै नै रहयो ।

 किन भएन आर्थिक क्रान्ति ?

हुदाँ खाने र हुने खानेमा बाँडिएको नेपाली समाज दुबैका आ–आफ्नै प्राथमिकता हुने नै भए । हुदाँ खानेहरु खाने जोहोकालागि देश हैन देश बाहीर भौतारिन बाँध्य भए । हुने खानेहरु देशमा अनुकुल अवस्था नदेख्दा अनुकुल गन्तब्यको खोजीमा पनि भौतारिए । देश दुबै कारणले भौतारिन नसक्नेहरुको सेल्टर बन्यो अनि कसरी हुन्छ आर्थिक क्रान्ति ? अनि किन हुन्छ आर्थिक क्रान्ति ? भएन । सत्ता संचालकहरुकालागि भने यो अवस्था विकल्कुल अनुकुल रहयो । आर्थिक क्रान्तिका भोकाहरु बाहिर बाहिर भौतारिने र भौतारिन नसक्नेहरुको भोटले सत्तामा पुग्नेहरुकालागि हाई सन्चो नै बढी भयो । त्यसकारण उनीहरुलाई पनि आर्थिक क्रान्ति गर्नै पर्ने बाध्यता रहेन । त्यसकारण नेपालमा आर्थिक क्रान्ति भएन ।

 अब आर्थिक क्रान्तिको समय आयो

आर्थिक क्रान्तिको समय अब आयो । अब पनि आर्थिक क्रान्तिमा नेपाल अघि बढ्न सकेन भने त्यसपछि आई पर्ने अव्यवस्था धान्न नेपालले सक्ने छैन । विदेश भौतारिनेहरु सदाकालागि विदेशिएका हैनन् । समयक्रममा उनीहरु देश फर्कने छन् । जतिबेला ती सवैथरी विदेशिएकाहरु स्वदेश फर्कनेछन्, त्यतिबेलाको अव्यवस्था कल्पना गरिसाध्य हुने छैन । साथसाथै आर्थिक विकासका अभावका कारणले नेपाल यति पछाडि परिसक्यो कि अब यो भन्दा पछि पर्ने ठाउँ नै छैन । यो भन्दा पनि पछि पर्ने हो भने नेपाल असफल राष्ट्रको सुचिमा पर्ने खतरा टडकारो छ । त्यसैले चाहना वा वाध्यता दुवै कारणले नेपालमा आर्थिक क्रान्ति गर्ने बेला आयो ।

सबैको दिमागमा परेको छ कि, अब राजनैतिक क्रान्तिको अबस्था फेरियो । व्यवस्था फेरियो । अब अवस्था फेर्ने कुरा हो त्यसकालागि आर्थिक क्रान्ति अनिवार्य छ । राष्ट्रको यो अनुकुल अवस्था विदेशी विकास संस्थाहरुकालागि पनि एक अवसर हो, त्यसकारण यो अवस्थामा आर्थिक क्रान्ति संभव छ ।

 के आर्थिक क्रान्ति कसरी संभव छ ? त्यसकाे आधार के ?

नेपाल सर्वाधिक युवा जनशक्ति बहुमतमा भएको मुलुक हो । यो तथ्यांङ्क आर्थिक विकासकालागि एकदमै अनुकुल अवस्था हो । नेपालको जनसंख्याको चित्रमा युवाहरु अत्यधिक बहुमतमा, बृद्धहरु न्यून संख्यामा र बाल बालिकाहरु पनि ठिकै संख्यामा रहेको अवस्था हो । बर्षेनी श्रम बजारमा पाँचदेखि सातलाख जनशक्ति थपिदै जाने गरेको छ । श्रम शक्ति आर्थिक विकासको मेरुदण्ड नै हो । यसको प्रचुरता आर्थिक क्रान्तिको लागि अनुकुल अवस्था हो । त्यसैले नेपालमा आर्थिक क्रान्ति संभव छ ।

 नेपाल विकास संस्थाहरुको अत्यधिक मन पर्ने क्षेत्र पनि हो । संसारभरीका विकास संस्थाहरुको जमघट यहाँ हुने गरेको छ । तर राजनैतिक क्रान्तिको अवस्था र राजनैतिक खिचातानी र अस्थिरताको समस्याका कारणले आर्थिक विकासले गति पकड्न नसकेको साँचो हो । तर अब सबैको दिमागमा परेको छ कि, अब राजनैतिक क्रान्तिको अबस्था फेरियो । व्यवस्था फेरियो । अब अवस्था फेर्ने कुरा हो त्यसकालागि आर्थिक क्रान्ति अनिवार्य छ । राष्ट्रको यो अनुकुल अवस्था विदेशी विकास संस्थाहरुकालागि पनि एक अवसर हो, त्यसकारण यो अवस्थामा आर्थिक क्रान्ति संभव छ ।

 भारत र चिन दुवैको छिमेकी नेपाल हुनु पनि अर्को सकारात्मक अवस्था हो । दुवै देश तिव्र आर्थिक विकासको रफ्तारमा छन् । विश्वको पहिलो र पाँचौ आर्थतन्त्रका बीचमा हुनु नेपालकालागि सकारात्मक संन्देश हो । हुने होस वरु नदिने नै किन होस भन्ने उखान नेपालको हकमा पनि लागु हुन्छ । अब नेपालको अबिकास भारत र चिन दुवै छिमेकीकालागि शोभनीय विषय हुनै सक्दैन । दुबै देशको आफ्नै कारणले पनि अब नेपालमा आर्थिक क्रान्ति संम्भव छ । भारत र चिन दुबै देश आर्थिक क्रान्तिमा अघि बढने नेपाल भने जहाँको त्यही रहने अवस्थाले सिर्जना गर्ने समस्यामा चिन र भारत दुवै पर्नेछन् । त्यसकारण पनि नेपालको अवस्थामा सुधार ल्याउन दुवै छिमेकीको पनि चिन्ता र चासोको विषय वन्नै पर्छ ।

 सचेत जनशक्ति आर्थिक विकासको मेरुदण्ड हो । औद्योगिक क्रान्ति सम्पन्न भएका देशहरुमा त्यहाँको सचेत तप्का भनेकै मजदुर वर्ग हो । मजदुरहरुको सचेतनताका कारणले पनि आर्थिक विकास तिव्रतामा हुन जरुरी छ । दुँनियामा यसो हुने गरेको छ । बेलायत,फ्रान्स वा रसिया यसका ज्वलन्त उदाहरण हुन् । तर नेपाल भने औद्योगिक क्रान्तिबाट गुज्रिएको देश होईन । न त मजदुर बाहुल्य भएको समाज नै हो । तर पनि विदेशी भुमिमा भौतारिएर केही देखेर केही सिप हासिल गरेर र केही पुँजी पनि आर्जन गरेर फर्केको जमात पनि भएको मुलुक हो । यो जनशक्तिसँग लगानी गर्ने पुँजी अनुकुलको शिप र अनुभव समेत छ । जो यहाँको आर्थिक क्रान्तिकालागि नितान्त उपयोगी हुने गर्दछ ।

 भर्खरै सामन्तवादी युगवाट पुजिवादी युगमा प्रवेश गरेको नेपाली समाज आर्थिक क्रान्तिकालागि अनुकुल छ । सामन्ती युगमा निर्वाहमुखी मात्रै रहेको कृषि अव औद्योगिकिरण र आधुनिकिकरणको पर्खाईमा बसेको छ । सामन्तवादी राजनैतिक परिवेश पुजिवादी चरणमा प्रवेश गरेको समाज आर्थिक उन्नतिको तिब्र चाहना बोकेर बसेको छ । जनशक्ति पनि त्यही गतिमा अब समय बदलियो, अब परम्पराको शिकार भएर हैन आधुनिक समयको उपयोग गर्न जान्नै पर्छ भन्ने उत्कृट अभिलासा सहितको छ । यसरी समाज परिवेश राजनीति र जनशक्ति सबै आर्थिक क्रान्तिकालागि अनुकुल छन् । त्यसकारण नेपालमा आर्थिक क्रान्ति सम्ंभव छ ।

 अन्तमा नेपालको राजनीति आर्थिक विकाससँग जोडिएको थिएन, जोडन पर्छ भन्ने चेतनाको पनि अभाव थियो । कम्युनिष्ट बाहुल्य राजनीति हावी भएको नेपाली समाज आर्थिक विकासको कुरा गर्नेहरुलाई सुधारवादी,पुजिवादी र बुर्जुवा भन्ने आरोपको वर्षा हुने गरेको थियो । तर अब त्यो युगको अन्त भएको छ । राजनीतिलाई विकासमा जोड्ने वैकल्पिक राजनीतिको उदय पनि भैसकेको छ । यही वैकल्पिक राजनीतिको दृष्टिकोणका आधारमा पनि अब राजनीति भनेको जनतालाई सुख र खुशी दिने साधन हो भन्ने नयाँ परिभाषा स्थापित हुदैँ छ । माक्र्सवादी भाषामा उपरिसंंरचना बदलियो, आधार बदल्न जरुरी छ भन्ने मान्ने हो भने पनि नेपाली समाज यतिबेला त्यही बिन्दुमा अड्किएको छ । त्यसैले नेपालका आर्थिक क्रान्ति सम्ंभव छ ।

 ( यसका लेखक, देवकोटा नयाँ शक्ति पार्टी,नेपालका प्रवक्ता हुन ।)