बर्दियाको ठाकुरद्धारामा मोटरसाइकल दुर्घटनाः एकको मृत्यु

मोटरसाइकल चालक प्रहरी नियन्त्रणमा

बर्दिया,फागुन १३ । बर्दियाको बबई नगरपालीका अनर्तगत पर्ने ठाकुरद्धारामा भएको मोटरसाइकल दुर्घटनाबाट एक जनाको ज्यान गएको छ । उक्त दुर्घटनाबाट दैलेख जम्मुकाँधका स्थायीवासीन्दा नवीन भण्डारीको ज्यान गए हो ।

हरपल नेपाल संवादाताका अनुसार बर्दियाको ठाकुरद्वारा आम्बासा सडकखण्ड अन्तर्गत पर्ने ठाकुरद्वारामा विहवार राति उक्त दुर्घटना भएको थियो । भे २ प ६६६५ नंम्बरको मोटरसाइकल पछाडि दैलेख निवासी नवीन भण्डारी बसेका थिए । उक्त मोटरसाइकल अचानक दुर्घटना हुन पुगेपछि शभण्डारीको ज्यान गएको छ । मृतक भण्डारी बर्दियाको सूर्यपटुवा ठाकुरद्वारा सिँचाइ आयोजनाका कर्मचारी हुन ।

इलाका प्रहरी कार्यालय भुरीगाउँले हरपल नेपालसँगको कुराकानीमा उक्त घटनाको विषयमा अनुसन्धान जारी रहेको बताएको छ । दुर्घटना हुदाँ शिवपुर–९ का सञ्जय थारूले उक्त मोटरसाइकल चलाएका थिए ।

प्रहरीका अनुसार मोटरसाइकल चालक संजयलाई अनुसन्धानको लागि प्रहरी नियन्त्रणमा राखिएको छ ।