पशुपतिमा भारतीय नाङ्गाबाबाः संस्कृती कि विकृती ?

सर्वसाधारणको गुँनासो–‘सम्बन्धीत निकायले ध्यान दिएन’

काठमाडौ,फागुन १३ । हिन्दु धर्मालम्बिहरु आ–आफ्नो नजिक रहेका शिव मन्दिरमा आज बिहानैदेखि पूजा गरिरहेका छन । देशका अधिकांश शिव मनिदरहरुमा दर्शनार्थीहरुको भिड लागेको छ । धर्मको नाममा पशुपति लगाएत देशका अन्य क्षेत्रका मन्दिरहरुमा विकृतिहरु समेत देखिएको भन्दै सर्वसाधारण नागरिकहरुले सरकार र सम्बन्धित निकायसँग गुनासो समेत गरेका छन ।

तस्बिरः भानुभक्त ढकाल/हरपल नेपाल संवादाता

विहिवार साँझ समाचार संकलनको लागि पशुपति क्षेत्रमा पुगेका हरपल नेपाल संवादाताले नाङ्गा बाबाहरुको अत्यन्त छाडा शैलि प्रस्तुत भएको जनाए । भारतको विभिन्न स्थानहरुबाट आएका नाङ्गा बाबाहरुले हिजो साझँ पशुपति मन्दिर परिसरभित्रै समाजले ग्रहण गर्न नसक्ने खालको छाडा शैलि प्र्रस्तुत गरेका थिए ।

मन्दिर दर्शन गर्न आएका महिला,बालक र अन्य मानिसहरु भने बाबाको त्यस्तो छाडा शैलि देखेर डराए । उनीहरु मध्ये कतिपय बाबासँग फोटो खिचाउँन खोज्दै थिए,त कतिपय भने लाजमर्दो व्यवहार भन्दै बाबा र राज्यका निकायप्रति आक्रोश व्यक्त गरिरहेका देखिन्थ्य ।

नाङ्गा बाबाहरु भने महिला,बालक,बालिका कसैको प्रवाह नगरी,नसामा लठ्ठीदै आफ्नो छाडापन प्रदर्शन गर्नमै व्यस्त देखिएका थिए । प्रहरी र स्वयम्सेवक समेत बाबाको प्रदर्शन हेर्नमै व्यस्त देखिएका थिए ।

धर्मको नाममा फैलिएको यस्तो प्रवृति संस्कृती हो वा विकृती हो, सम्बन्धित निकायहरुले सोच्नुपर्ने बेला आएको बर्दियाबाट पशुपतिमा दर्शन गर्न आएका दिपक अधिकारीले हरपल नेपालसँग बताए । उनी जस्तै धेरै मानिसहरुले धर्मको नाममा हुने गरेको छाडा व्यवहारलाई रोक्नुपर्ने बताएका छन ।