पूर्वराष्ट्रपति डा.यादवलाई मासिक २ लाख घरभाडा उपलब्ध गराउन विधेयक दर्ता

उपराष्ट्रपतिलाई मासिक ७५ हजार

काठमाडौं,फागुन,१३। सरकारले पूर्वराष्ट्रपति डा.रामवरण यादवलाई मासिक २ लाख रुपैयाँ उपलब्ध गराउने व्यवस्थासहित संसदमा विधेयक दर्ता गरेको छ ।
पूर्वपदाधिकारीको सेवा, सुविधा बढाउने विधेयकमा पूर्वराष्ट्रपतिलाई मासिक घरभाँडा २ लाख रुपैयाँ उपलब्ध गराउने व्यवस्था गरिएको हो ।

त्यस्तै उपराष्ट्रपतिलाई मासिक ७५ हजार र अन्य पूर्वपदाधिकारीलाई पनि मासिक ७५ हजार उपलब्ध गराउने व्यवस्थासहितको विधेयक संसदमा दर्ता भएको छ । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।