राजधानीको शंकरदेव क्याम्पसमा सबैभन्दा बढी, ललितकलामा सबैभन्दा कम मतदाता

कुन क्याम्पसमा कति मतदाता ?(विवरण सहित)

काठमाडौं,फागुन १३। स्वतन्त्र विद्यार्थी युनियनको चुनावका लागि राजधानीका अधिकाशं क्याम्पसहरुको तुलनामा शंकरदेव क्याम्पसमा सबैभन्दा बढी र ललितकला क्याम्पसमा सबैभन्दा कम मतदाताहरु रहेका छन ।

राजधानीका स्ववियु निर्वाचन हने क्याम्पसहरुले सार्वजनिक गरेको अन्तिम मतदाता नामावलीको आधारमा शंकरदेव क्याम्पसमा सबैभन्दा बढि मतदाता रहेको पाइएको हो ।

हालसम्म मतदाता नामावली सार्वजनिक गरिएका अधिकाशं क्याम्पसहरु मध्ये शंकरदेवमा कुल ८ हजार २ सय ७ जनाको अन्तिम नामावली प्रकाशित भएको छ भने ललितकला लक्याम्पसमा १४५ जनामात्रै मतदाता रहेका छन ।

क्याम्पसहरुको मतदाता नामावली विवरण अनुसार त्रिभुवन विश्वविद्यालय केन्द्रिय क्याम्पसमा तीन हजार छ सय ९९ जना मतदाता रहेका छन । त्यसैगरी नर्सिङ क्याम्पसमा २८१, त्रिवि चिकित्सा क्याम्पसमा २०३५ जना,ललितकला क्याम्पसमा १४५ जना, भक्तपुर बहुमुखी क्याम्पसमा १६५६ जना, सानोठिमी शिक्षा क्याम्पसमा १६४७ जना,पब्लिक युथ क्याम्पसमा २८९५ जना रहेका छन भने पशुपति क्याम्पस ४१७३ जना मतदाता रहेका छन ।

त्यसैगरी नेपाल ल क्याम्पसमा ४४००जना, थापाथली इञ्जिनियरिङमा १०९५ जना, विश्वभाषा क्याम्पसमा १८०० जना, रत्नराज्य क्याम्पसमा ३५८१ जना, शंकरदेव क्याम्पसमा ८२०७ जना, पद्मकन्या क्याम्पसमा ३४३४ जना र सरस्वती क्याम्पसमा ५३० जना मतदाताहरु छन ।

क्याम्पसहरुले सार्वजनिक गरेको मतदाता नामावली मध्य महेन्द्ररत्न क्याम्पसमा २०९५ जना, पुल्चोक इञ्जिनियरिङमा २०८३ जना र पाटन संयुक्त क्याम्पसमा ४७५८ जना मतदाता रहेको देखिन्छ ।

स्ववियु निर्वाचन गर्न गर्न गठिन म्ल समितिको संयोजक तथा त्रिविको रेक्टर समेत रहेकी सुधा त्रिपाठीले सबै विद्यार्थीहरुबीच निर्वाचन गर्ने समझदारी भएको र चुनावको तयारी गरीरहेको भएपनि केहि क्याम्पसहरुमा देखिएको अवरोध पनि आपसी समझदारी बाट हटाउनु पर्ने बताइन । हरपल नेपालसँग कुरागर्नै उनले त्यस्तो बताएकी हुन ।

संगठनहरुको आपसि विवाद र मागका कारण राजधानको त्रिचन्द्र क्याम्पस,मीनभवनस्थित नेपाल कमर्श क्याम्पस,अमृत साइन्स क्याम्पस लगाएतका अन्य क्याम्पसहरुको मतदाता नामावली अझै प्रकाशित भएको छैन ।

त्यसैगरी पशुपति क्याम्पसमा ११ र १२ कक्षा पढ्ने विद्यार्थीलाई पनि मतदाता सूचीमा राखिनुपर्ने माग गर्दै असन्तुष्ट विद्यार्थीहरुले लगाएको ताला अझै खुलेको छैन, नामावली भने प्रकाशित भइसकेको छ ।