स्थानीय निकायको निर्वाचन घोषणासँगै सरकारद्धारा ३५ उपसचिवहरुको सरुवा

काठमाडौं,फागुन १२ । सरकारले स्थानीय निकायको निर्वाचनको मिति घोषणा गरेसँगै १६ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको छ । निर्वाचन मिति ठोस भएपछि सरकारले आज गृहमन्त्रालय मातहतका ३५ उपसचिवहरुलाई एकसाथ सरुवा गरेको हो ।

सरकारले गत फागुन ९ गते स्थानीय निकायको निर्वाचन मिति घोषणा गरे गलत्तै विभिन्न जिल्लाका सिडिओहरुलाई काजमा सरुवा गर्ने निर्णय गरेको थियो । ुसरकारले आउदो वैशाख ३१ गते निर्वाचन गर्ने जनाएको छ ।

निर्वाचनको बेला लागुहुने आचार संहिताका कारण कर्मचारीको सरुवा,बढुवा,नियुक्ति जस्ता प्रकृयाहरु गर्न नपाइने भएकाले सत्ता गठबन्धन दलहरुले आपसि सहमतिमा सिडीओहरुको सरुवा गरेका हुन । सरकारले एकैपटक ३५ जना विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गदै निर्वाचनको वातावरण निर्माण गरिरहेको बताएको छ ।

सरकारले बझाङमा केशवबहादुर थापा, अछाममा शंकरबहादुर विष्ट, कालिकोटमा गिरीधारी सुवेदी, तेह्रथुममा आस्मान तामाङ,सुनसरीमा मेनुका न्यौपाने,शंखुवासभामा शिवराज जोशी,हेटौडामा खुमकान्त अर्याल,भोजपुरमा गोमादेवी चेम्जोङलाई सरुवा गरेको छ ।

त्यसैगरी गृह गृहमन्त्री विमलेन्द्र निधिको गृह जिल्ला धनुषामा किशोरकुमार चौधरी लाई पठाएको छ । त्यसैगरी बैतडीमा जनकराज भट्टलाई प्रमुख जिल्ला अधिकारीमा सरुवा गरेको छ, बैतडी कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला समेत हो ।

त्यसैगरी रामेछापमा सुर्यप्रसाद खत्रि, बाँकेमा जनकराज पन्त,सुर्खेतमा वंशि कुमार आचार्य,अक्षाममा शंकरबहादुर बिष्ट लगाएतलाई सरुवा गरेको छ ।