भारतीय राजदूत रञ्जित राय नेपालबाट बिदाई हुदै,आज रात्री भोज

शिर्ष नेताहरुलाई भोजमा आमन्त्रण

काठमाडौं,फागुन १२ । नेपालका लागि भारतीय राजदूत रञ्जित राय आउदो शनिबारबाट पदमुक्त हुने भएका छन । जागीर अवधि सकिएकाले उनी फेब्रुअरी २५ तारिखदेखि पदमुक्त हुने भएका हुन ।

लामो समयसम्म राजदूतको जिम्मेवारी सम्हाल्दै आएका रायको नेपालबाट बिदाई हुने समय नजिकीदै गर्दा आज साझँ भारतीय राजदूतावासमा विशेष भोजको कार्यक्रम समेत आयोजना गरिएको छ ।

भारतीय राजदूतावासले रात्री भोजको कार्यक्रममा शिर्ष नेताहरुलाई आमन्त्रण गरेको छ । उसले राजदूत रायको बिदाई भोजमा राजनीतिक दलहरु र नेपालका अन्य विशिष्ट मानिसहरुलाई सरिक गराएर दुई देशबीचको सम्बन्ध अझै प्रगाढ बनाउन प्रयास गरेको देखिन्छ ।