शिवरात्री मानाउन हजारौं भारतीय नागरिक पशुपतिमाः दर्शनार्थीहरुको भिड

विभिन्न संस्था तथा व्यक्तिद्धारा निशुल्क भोजनको व्यवस्था

काठमाडौ,फागुन, १२ । शिवरात्रीको अवसरमा नेपालको धार्मिक स्थल पशुपति क्षेत्रमा हजारौ भारतीय नागरिकहरु समेत पर्व मनाउन आइपुगेका छन । उनीहरु भारतको विभिन्न क्षेत्रबाट पशुपतिनाथ मन्दिरको दर्शन गर्न आएका हुन ।

हिन्दुहरुको महान पर्व शिवरात्री मनाउन भारतको यूपी,बिहार,हर्दाबाद,राजीस्तान,उत्तराखण्ड,गुजरात,मुम्बई,पुना लगाएतका स्थानहरुबाट भारतीय नागरिकहरु गाडीहरु रिर्जव गरेर दर्शन गर्न नेपाल आइपुगेका छन । उनिहरु अहिले पशुपति क्षेत्रको वरिपरि आंं–आफनो टिम बनाएर बसेका छन, अहिले पशुपति क्षेत्र वरिपरी साधुँ,सन्त लगाएत भक्तजनहरुको बाक्लो भिड रहेको छ ।

भारतको विहार राज्यबाट आज पशुपतिमा शिवरात्रि पर्व मनाउन आइपुगेका शिव कुमार वर्माले हरपल नेपालसँग कुरागर्दै भने–‘हामि हिन्दुहरुको अरु पर्व जस्तै शिवरात्री पनि हाम्रो ठुला्े पर्व हो । पशुपनिनाथ भोलेबाबाको धार्मिक ग्रनथहरुमा समेत उपार महिमाको बारेमा उल्लेख गरिएको छ । यो हरेक हिन्दुहरुले एक पटक दर्शन गर्नैपर्ने पवित्र स्थल हो । हामीले शिवरात्रिको विशिष्ट अवसरमा बाबाको दर्शन गर्ने मौका पाएकामा ज्यादै खुशी भएका छौ ।’

त्यसैगरी भारतको गुजरातबाट आएका महता नाम बताउने साधुँले नेपालको पशुपति हिन्दुहरुको पवित्र स्थल भएको बताए । उनले शिवरात्रिको अवधिभरी भोलेबाबाको प्रसाद सेवन गरेर मनाउने बताए ।

यतिबेला पशुपति क्षेत्रमा हजारै भक्तजनहरुको भिड रहेको छ । खासगरी काठमाण्डौ बाहिरबाट आउने मानिसहरु मन्दिर वरिपरि पाल टाँगेर रात बिताउने योजनामा रहेका छन । उनीहरु शिव प्रसादको रुपमा गाँजा,चरेस,भाङ,धतुरो लगाएतका नसालु पदार्थलाई आजको दिन पवित्र मानेर खाने र रमाउने गर्दछन ।

पशुपति क्षेत्र विकास कोषका निर्देशक भरत मरासिनीले दर्शनार्थीहरुको लागि पशुपति क्षेत्रमा व्यवस्थित खानपानको समेत व्यवस्थापन गरिएको बताएका छन । निर्देशक मरासिनीले भोलि हुने शिवरात्रि पर्वको सम्पूर्ण तयारी सकिएको बताए । उनले शिवरात्रिको वास्तविक महिमालाई बुझेर मनाउन आग्रह गर्दै धार्मिक पर्वको नाममा विकृति ल्याउने खालका गतिविधी नगर्न समेत आग्रह गरेका छन ।

विभिन्न संस्था तथा व्यक्तिद्धारा भोजनको व्यवस्था

शिव रात्रि पर्वको अवसरमा पशुपति मन्दिर क्षेत्रमा आउने दर्शनार्थीहरुको लागि विभिन्न संस्था तथा व्यक्तिहरुले निशुल्क भोजनको व्यवस्था गरेका छन । अहिले पशुपति क्षेत्रमा करिब दुई दर्जन बढि स्टलहरुबाट दर्शनार्थीहरुलाई भोजन र प्रसाद वितरण कार्य गरिएको छ ।

नेपालगंजबाट भोजनको व्यवस्था गर्दै पशुपतिमा पुगेका एक व्यापारीले भने–‘भगवानको नाममा हामीले दान गरेका हौ,बर्षभरी कमाएर आजको पवित्र दिनमा भोजन गराउन पाउदा ज्यादै खुशि लागेको छ । यो महान कार्य गर्ने अवसर दिलाउने भोलेबाबाको जय जय होस ।’

त्यसैगरि भोलीको दिन शिवरात्री भएकोले भाङ,धतुरो जस्ता कुराहरु खाने प्रचलन पनि हाम्रो समाजमा रहिआएको छ । आजदेखि नै खानेकुरामा त्यस्ता बस्तुहरु मिसाउने गर्दछन । तेस्तै आज नेपालका विभिन्न संघ संस्था तथा ठुला ठुला उद्योगी व्यापारिहरुले पनि त्याहाँ विभिन्न कार्यक्रमहरु ल्याएर आएको देखिन्छ ।

सुरक्षाको कडा ब्यवस्था

पशुपति क्षेत्रमा सुरक्षाको लागि शशस्त्र प्रहरी पनि परिचालन गरिएको छ । नेपाल प्रहरीको पशुपति क्षेत्र सुरक्षा पोष्टका अतिरिक्त केन्द्रबाट समेत थप प्रहरीहरु खटाइएको छ ।

पशुपति क्षेत्रमा रहेको प्रहरी पोष्टका अनुसार भोली आउने दर्शनार्थीहरुको संख्यालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था मिलाइएको छ । त्यसैगरि पशुपति क्षेत्र विकास समितिले पनि विभिन्न युवा संगसंठनहरुको समकार्यमा स्वयम्सेवक दस्ता तयार गरेको छ ।

.