भक्तपुरमा बीरदल गणले मनायो साताब्यापी सफाई अभियान

भक्तपुर,फागुन, १२ । महाशिवरात्री तथा सेना दिवसको २०७३ को उपलक्ष्यमा श्री बीरदल गणले भक्तपुरमा साताब्यापी सरसफाई कार्यक्रम सञ्चालन गरेको छ ।

भक्तपुर नगर भित्रका ऐतिहासिक मठ मन्दिर तथा बिभिन्न स्थानका साथै अन्नतलिगेंश्वर नगरपालिका र सूर्यबिनायक नगरपालिका लगायत जिल्लै भरी सरसफाई अभियान आज सम्पन्न गरेको बीर दल गणका गणपति प्रमुख सेनानी अमृत काजी गुरुङ जानकारी दिए ।

उनले साताब्यापी सरसफाई कार्यक्रममको अन्तिम दिन भक्तपुर सल्लाघारी स्थित सैनिक आवासिय महाबिद्यालयको खेल मैदानमा श्री बीरदल गणको आयोजना र भक्तपुर रेडक्रस सोसाईटीको सहकार्यमा रक्तदान कार्यक्रम समेत सम्पन्न गरिएको बताए ।

नेपाली सेनाका सकल दर्जा र सैनिक आवासिय महाबिद्यालयमा अध्ययनरत छात्र, छात्राहरु गरी एक सय पैंतालीसले रक्तदान गरेको गुरुङले जानकारी दिए ।