आज राप्रपाको महावेशनपछि केन्द्रीय कार्यसमितिको पहिलो बैठक बस्दै

समसामयीक राजनीतिक अवस्थाबारे छलफल हुने

काठमाडौं,फागुन १२ । राष्ट्रिय प्रजातन्त्र पार्टीको हालै सम्पन्न महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ । काठमाडौंमा सम्पन्न महा%्वाचनबाट आएका ९८ जना र अध्यक्षले नियुक्त गरेका १५ सहित ११३ केन्द%Eज पहिलो बैठक बस्न लागेको हो ।

पार्टी श्रोतका अनुसार निर्वाचनबाट आएका ९८ जना र अध्यक्षले नियुक्त गरेका १५ सहित ११३ केन्द्रीय कार्यसमिति सदस्यीय सहित बैठक बस्ने तयारी भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने बताइएको छ ।

पार्टी एकतापछि सम्पन्न महाधिवेशनबाट निर्वाचित कार्यसमिति बैठकमा एक आपसमा परिचयका सार्थै सरकारले घोषणा गरेको निर्वाचनको मिति,स्थानीय तह,समसामयीक राजनीतिक अवस्थाको विषयमा छलफल हुने बताइएको छ ।

राप्रपाको पार्टी विधान अनुसार १६५ जनाको केन्द्रीय समिति रहने व्यावस्था रहेको छ । जस्मा ९८ जना निर्वाचनबाट र ६५ जना अध्यक्षले मनोनयन गर्ने प्रावधान रहेको छ ।