निर्वाचनबारे ठोस निर्णयको माग गर्दै अखिल क्रान्तिकारीद्धारा जुम्ला क्याम्पसमा अनिचितकालीन तालाबन्दी

सबै विद्यार्थीहरुलाई मतदानमा सहभागी गराउन माग

काठमाडौं,फागुन,१२ । स्ववियु निर्वाचनको आचारसंहिता बनाउनका लागि क्याम्पस प्रशासनले डाकेको बैठकबाट कुनै ठोस नर्णय नलिएको भन्दै माओवादी केन्द्र निकटको अखिल क्रान्तिकारीले जुम्ला बहुमुखी क्याम्पसमा अनिश्चित कालिन तालाबन्दी गरेको छ ।

आचार संहिता बनाउन ढिलाई गर्दै क्याम्पस प्रशासनले माघ १३ गतेसम्म भर्ना भएका विद्यार्थीहरुलाई निर्वाचनमा सहभागी नगराउने चलखेल गरेको आरोप लागाउदै क्रान्तिकारीले क्याम्पसमा बुधबारदेखि अनिश्चितकालीन तालाबन्दी गरेको हो ।

अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य तथा जिल्ला इन्चार्ज अमरजंग शाहीले हरपल नेपालसँगको कुराकानीमा क्याम्पस प्रशासनले निर्वाचनको वातावरण बनाउन ढिलाई गरेको र एकलौटी ढंगले अगाडि बढेको हुनाले क्याम्पसमा तालाबन्दी गर्नुपरेको बताएका छन ।

क्रान्तिकारीका नेता शाह्ीले आफुहरु स्ववियु निर्वाचनको लागि सबैभन्दा जोडदार रुपमा लागेको भन्दै तोकीएको समयमै मर्यादीत ढंगले निर्वाचन हुनुपर्ने आफ्नो माग रहेको बताए । उनले निर्वाचनमा सबै विद्यार्थीहरु सहभागी हुन पाउनुपर्ने समेत बताए ।

क्याम्पस प्रमुख वसन्तराज भण्डारीले निर्वाचन मतदाता नामावली प्रकाशीत गर्ने विषयमा माघ १३ गते सम्म भर्ना भएका विद्यार्थीलाई निर्वाचनमा सहभागी नगराउने तयारी गरेको आरोप लगाउदै क्रान्तिकारीले विरोध गरेको छ ।