प्रहरीद्धारा विभिन्न ठाउबाट लागूऔषध बरामदः हिजो तीन भारतीय नागरिक समातिए

ललितपुरबाट पनि एक पक्राउ

काठमाडौं,फागुन,१२ । ललितपुरबाट प्रहर्रीले लागूऔषध सहित मंगलबार एक जनालाई पक्राउ गरेको छ । प्रहरीले संकाशपद अवस्थामा चेकजाच गर्दा उक्त लागुऔषध फेला पारेको हो ।

प्रहरीका अनुसार ललितपुर उपमहानगरपालिका–९ संखमुल बस्ने सोलुखुम्बु, गउता–५ का २९ वर्षीय विजय के.सी.लाई लागूऔषध नोफिन १० थान, एवोटो १२ थान, डाइजोपाम १६ थान, एम्पुल ६ थान सहित शंखमुल नजिकबाट मँगलबार पक्राउ गरेको छ । पक्राउ परेका केसीको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

त्यसैगरी प्रहरीले बुधबार मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका–१७ रातोमाटेबाट एचआर–३९३२ नम्बरमा लुकाईछिपाई भारततर्फ लागुऔषध लिन लागेको अवस्थामा तीन जना भारतीय नागरिकलाई समेत पक्राउ गरेको छ ।

भारतीय बजारतर्फ जानलागेको गाडिमा चेकजाँच गर्दा ९६ पोकामा रहेको ४८ किलो लागूऔषध चरेस भेटिएपछि प्रहरीले कारमा सवार भारत हरियाना हिसाई निवासी ३७ वर्षीय नरेशकुमार, ५२ वर्षीय भगवान दास, ३० वर्षीय परमात्मा गोसाई र ४१ वर्षाीय अनिल स्वामीलाई पक्राउ गरेको जनाएको छ ।

प्रहरीले उनीहरुको साथबाट भारतीय रुपैयाँ २२ हजार ७ सय १० समेत बरामद गरेको छ । घटनाका सम्बन्धमा स्थानीय प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको बता्रइएको छ ।