कांग्रेसमा विवादः रामचन्द्र पक्षद्धारा पार्टी नेतृत्वको क्षमतामाथि प्रश्न

एकल ढंगले पार्टी चलाएको आरोप

काठमाडौं,फागुन, १२ । पार्टीका विभाग र समितिहरु पूर्णता नदिएको आलोचना खेपिरहेका कांग्रेस सभापति शेरबहादुर देउवा पछिल्ला दुई प्रकरणपछि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले नेतृत्वले क्षमतामाथि नै प्रश्न उठाउन थालेको छ।

जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षक बनाउन देउवाले निर्वाह गरेको भुमिका र म्यानपावर व्यवसायी आशा लामालाई पार्टीको कोटाबाट राजदूत बनाउन गरिएको सिफारिसप्रति पौडेल पक्ष क्रुद्ध छ । यी दुवै प्रकरणमा पार्टीभित्र छलफल नभएको भन्दै पौडेल पक्षीय नेताहरु असन्तुष्ट मात्रै छैनन् पार्टी एकल ढंगले सञ्चालन गर्न खोजेको भन्दै आपत्ति प्रकट गरेका छन् ।

केन्द्रिय सदस्य रामशरण महत संविधान संशोधन विधेयक अघि बढाउने विषयदेखि राजदूत प्रकरणसम्म पार्टीभित्र छलफल नभएको बताउँछन् । ‘संविधान संशोधनकै विषयमा पनि पार्टीको धारणा छैनरहोइन’, उनले भने ‘महत्वपूर्ण निर्णयहरुमा समेत पार्टीभित्र छलफल बन्द छ ।’ यो कार्यशैलीले पार्टीलाई एकल ढंगबाट चलाउन खोजेको देखिन्छ । ‘

पौडेल समुहले आपनो तर्फबाट एक नम्बरमा पत्रकार धर्मेन्द्र झाको नाम अघि सारेको थियो। तर, उनको नाम कातेर म्यानपावर व्यवसायी आशा लामालाई नियुक्ति गरिएपछि पौडेल पक्ष क्रुद्ध भएको छ । यो समाचार आजको कान्तिपुरमा प्रकाशित छ ।