थापाथली क्याम्पसमा क्रान्तिकारीबाट प्रज्वल खत्रीको उम्मेदवारी

नमुना क्याम्पस बनाउने उद्घोष

काठमाडौं,फागुन ११ । इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गत थापाथली क्याम्पसमा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले मंगलबार एक भब्य समारोहका विच स्ववियु अध्यक्षमा प्रज्वल खत्रीको उम्मेदवारी घोषणा गरेको छ।

खत्रीको प्यानलबाट स्ववियु सचिवमा सरोज लामा र कोषाध्यक्षमा सवनम पञ्जियारको उम्मेदवारी रहने समेत क्रान्तिकारीले जनाएको छ । अखिल क्रान्तिकारीका सचिव एवं ३ नम्बर प्रदेशका संयोजक विजय गौतमले उनको प्यानलको व्यापक प्रचार प्रसारमा जुटेको जनाएका छन ।

त्यस्तै समानुपातिक तर्फबाट उपाध्यक्षमा अमर लामा र सहसचिव प्रशान्त थापाको उम्मेदवारी घोषणा हुने भएको छ । भने प्रत्यक्ष तर्फको सदस्यमा सुशील भट्ट ,वर्षा न्यौपाने लगायत रहेका छन्।

वि.ई.तेस्रो वर्षमा अध्ययनरत खत्री मकवानपुर हेटौडा निवासी हुन्। खत्री थापाथली क्याम्पसका लोकप्रिय र स्थापित विद्यार्थी नेता हुन्। उम्मेदवार बनेपछि खत्रीले स्वच्छ शैक्षिक वातावरण कायम गर्दै थापाथली क्याम्पसलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने नमुना क्याम्पस वनाउने बताएका छन ।

गत निर्वाचनमा थापाथली क्याम्पसमा अखिल क्रान्तिकारीले सिङ्गो प्यानल जीतेको थियोे ।