मधेसी मोर्चाद्वारा आज तराई बन्दको आह्वान,विभिन्न ठाउँमा यातायात अवरोध

भोलीदेखि भण्डारफोर अभियान चलाउने तयारी

काठमाडाै,फागुन ११ । सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेकोमा विरोध जनाउँदै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आज तराई बन्द गरेको छ । मोर्चाले मंगलबार साँझ सप्तरीको सदरमुकाम राजविराजमा मसाल जुलुस समेत प्रदर्शन गरेका थियो ।

निर्वाचनको विरोधमा उत्रिएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आज मधेश बन्द गर्ने जनाएको छ । मोर्चाले हिजो साँझ मधेश आन्दोलनको तयारीका लागि जुलुस निकालेको बताएको छ ।

मोर्चाले १२ फागुनदेखि लगातार १५ दिन मधेसमा भण्डाफोर अभियान चलाउने कार्यक्रम तय गरेको छ । मोर्चा लागएत अन्य दलहरुले पनि स्थानीय निकायको निर्वाचनबारे सरकारी निर्णयमा विमति जनाएका कारण निधारित समयमै चुनाव हुनेमा आसंका बढ्को छ ।

मोर्चाले सरकारी निर्णयको विरोध गर्ने जाएपछि तराईका विभिन्न जिल्लाहरुमा आज मधेशी दल निकटका नेता कार्याकर्ता सडकमा उत्रिएका छन । उनीहरुले मोर्चाको निर्णय अनुसार तराई बन्द सफल पार्ने भन्दै ठाउँ ठाउँमा सडक अवरोध गरेको बताइएको छ ।

मोर्चाको कारण तराईका भारदह, कञ्चनपुर,विरगंज,जनकपुर,रौतजट,पर्सा लगायतका ठाउँमा सडक अवरोध गरेको प्रहरीले जनाएको छ ।

सरकारले आउदो वैशाख ३१ गते स्थानीय निकायको निर्वाचन गर्ने घोषणा गरे लगत्तै तमलोपाको केन्द्रीय कार्यालयमा बसेको मोर्चाको बैठकले सरकारी निर्णयको विरोध गर्ने निष्कर्ष निकालेको थियो । उसले त्यसको विरोधमा आन्दोलनको कार्यक्रम समेत सार्वजनिक गरेको छ । विरोधको निर्धारित कार्यक्रम अनुसार राजविराजमा जुलुस निकालिएको मोर्चाले हरपल नेपालसँग बताएको छ ।

राजविराजस्थित शिव मन्दिरको प्राङ्गणबाट निस्केको मोर्चाको मसाल जुलुसमा नेता कार्यकर्ताहरुले सरकारविरुद्ध नाराबाजी गर्दै आफूहरुको माग सम्बोधन नहुन्जेलसम्म कुनै पनि निर्वाचन हुन नदिने बताए ।

मृसाल जुलुसमा सयौं मानिसहरु सहभागि भएका थिए । उनीहरुले गरेको विरोध जुलुस राजविराजका विभिन्न चोक र सडकहरुको परिक्रमा गर्दे जनआन्दोलन चोकमा गएर कोण सभामा परिणत भएको थियो । सम्बन्धित समाचार http://harpalnepal.com/2017/02/1607/