विमानस्थलबाट अवैधरुपमा अमेरिकी डलर लैजान खोजने एक महिला पक्राउ

अनुसन्धान कार्य जारी

काठमाडौं,फागुन ११ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फको हेण्डब्याग चेकिङ्ग एरियामा चेकजाँच गर्नेक्रममा प्रहरीले अमेरिकी डलरसहित एक महिलालाई पक्राउ गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध एयरको उडानमार्फत नम्बर ३५९ द्वारा काठमाडौंबाट भरतपुरतर्फ जाने क्रममा मंगलबार चेकजाच गर्दा प्रहरी उनको साथबाट अमेरिकी डलर फेला पारेपछि अनुसन्धानको लागि पक्राउ गरेको हो ।

प्रहरीका अनुसार नवलपरासी, गैंडाकोट–१२ की ३६ वर्षीया ध्रुवकुमारी शर्मालाई लुकाइछिपाई अवैधरुपमा लैजान लागेको अकेरिकी डलर सहित पक्राउ गरेको हो ।

उनको साथबाट प्रहरीले १६ हजार ४ सय अमेरिकी डलर सहित प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।