आज आइजीपी नियुक्तिबारे विवादको सुनुवाइ हुने
प्रकासित मिति : २०७३ फाल्गुन ११, बुधबार
प्रकासित समय : ०८:२४
काठमाडौं,फागुन ११ । सर्बोच्च अदालतसम्म पुगेको नेपाल प्रहरी आइजीपी नियुक्तिको विवादबारे आज सुनुवाइ हुँदैछ डिआइजी जयबहादुर चन्दलाई आइजीपी बनाउने मन्त्रिपरिषदको निर्णयसँगै सर्बोच्च अदालतले यथास्थितिमा राख्न दिएको अन्तरिम आदेशको सुनुवाइ आज हुन लागेको हो ।
सरकारले तेस्रो बरियताका डिआइजी जयबहादुर चन्दलाई आइजीपी बनाउने निर्णय गरेपछि अधिवक्ता कपिलदेव ढकालले सर्बोच्चमा रिट दायर गरेका थिए । त्यसपछि पहिलो बरियताका डिआइजी नवराज सिलवालले पनि आफू आइजीपी हुन किन नसक्ने भन्दै अर्को रिट दायर गरेका थिए ।
प्रधान न्यायाधीश सुशीला कार्कीको एकल इजलासमा यस मुद्दाको सुनुवाइ हुनेछ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।