मलेसिया र नेपालबीच श्रम सम्झौता गर्ने सहमति

काठमाडौं,फागुन ११ । बर्षौदेखिको प्रयासपछि बल्ल नेपाल र मलेसियाबीच श्रम सम्झौता हुने भएको छ । मलेसियाको मावव संसाधान मन्त्रालयका सहसचिव केशाभान कारुपिहा नेतृत्वको प्रतिनिधिभण्डल र नेपाली अधिकारीबीच काठमाडौंमा दुईदिने छलफलपछि मंगलबार श्रम सम्झौता गर्ने समझदारी भएको हो ।

श्रम सम्झौताबिना लखौं नेपाली मलेसिया जाँदा आर्थिक र अन्य शोषणमा परिरहेको लगातारको गुनासोपछि मलेसिया सरकार सम्झौता गर्न तयार भएको बताइएको छ । मलेसियामा जाने नेपाली कामदारको संख्या घट्न थालेपछि मलेसिया श्रम सम्झौता गर्न तयार भएको बताइएको छ । यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ