अस्कल क्याम्पसमा क्रान्तिकारीबाट सभापतिको उम्मेदवारमा घनश्याम चौधरी

भन्छन–‘जीत सुनिश्चित छ’

काठमाडौं,फागुन १० । राजधानीको अस्कल क्याम्पसमा माओवादी केन्द्र निकटको अखिल क्रान्तिकारीबाट स्ववियु निर्वाचनका लागि सभापति पदमा घनश्याम चौधरीको उम्मेदवारी घोषणा भएको छ ।

अखिल क्रान्तिकारीको हालै सम्पन्न क्याम्पस समितिको बैठकले सभापतिमा उनको उम्मेदवारी घोषणा गरेको हो । आफुले उम्मेदवारी दिने भएपछि स्ववियु निर्वाचनको प्रचार प्रसारमा सक्रिय रहेका चौधरीले क्याम्पसमा संगठनको प्रभाव राम्रो रहेको भन्दै आफ्नो प्यानलको जीत सुनिश्चित भएको दाबी गरेका छन ।

लामो समय सम्म संगठनमा क्रियाशिल चौधरी विभिन्न समयमा भएका शैक्षिक सुधारका आन्दोलनहरुमा समेत नेतृत्व गर्दै आएका एक जुझारु विद्यार्थी नेताको हुन । उनी अस्कल क्याम्पसका नियमित र लोकप्रिय विद्यार्थी समेत भएकाले उनको जीत निश्चित देखिएको अखिल क्रान्तिकारीले जनाएको छ ।

अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य तथा प्रदेश नम्बर तीनका सह संयोजक समेत रहेका विद्यार्थी नेता डिबि साउदले हरपल नेपालसँगको कुराकानीमा भने–‘चौधरीजीको क्याम्पसमा आफ्नो व्यक्तिगत प्रभाव पनि राम्रो छ । उहाँ मिलसार र सहयोगी मानिस हो । हाम्रो संगठनमा लामो समयसम्म क्रियाशिल भएर विद्यार्थी हक,अधिकारको लागि संर्घष गर्दै विभिन्न समयमा भएका शैक्षिक आन्दोलनका नेतामा उहाँ गनिनुहुन्छ । हामीले उहाँको जीत हुने विश्वास गरेका छौ ।’

स्ववियु निर्वाचनको दिन नजिकीएसँगै सबै राजनीतिक दल निकटका विद्यार्थीहरु यतिबेला चुनावी प्रचार प्रसारको काममा क्रियाशिल रहेका छन ।