प्रहरी हेडक्वाटरमा कम्वाइन रेस्क्यू टेक्नीक्स तालिम समापन,प्रमाण पत्र वितरण

तालिममा ३० जना प्रहरीहरुको सहभागिता

काठमाडौं,फागुन १० । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा प्रहरी प्रधान कार्यालय बिपद व्यवस्थापन महाशाखा सामाखुशीमा संचालित प्रथम समूहको ‘कम्वाइन्ड रेस्क्यू टेक्नीक्स तालिम’ समाप्त भएको छ ।

उक्त तालिम समापनका अवसरमा सोमबार महाशाखामा आयोजित समारोहमा सोही महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक नारायणसिंह खडकाले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गरेका छन ।

सो अवसरमा प्रहरी बरिष्ठ उपरीक्षक खडकाले संगठनको नीतिअनुरुप संचालन गरिएको यस तालिमले जुनसुकै समयमा आउने विपदको व्यवस्थापन तथा पीडितको उद्धार गर्न सहयोग पु¥याउने उल्लेख गरे ।

समारोहमा तालीम संयोजक प्रहरी निरीक्षक कुमारप्रसाद मैनालीले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै कुल ६ दिन कार्यावधी रहेको उक्त तालिममा ३० जना प्रहरी जवानहरुको सहभागिता रहेको जानकारी गराए ।