मकाउमा नयाँ शक्ति नेपालको प्रवास संगठन गठन

४१ सदस्यीय समिति निर्माण

काठमाडौं,फागुन १० । मकाउमा नयाँ शक्ति पार्टी, नेपालको प्रवास संगठन गठन भएको छ । हालै सम्पन्न भेलाले अन्तर्राष्ट्रिय नेपाली समाज मकाउ शाखा गठन गरेको हो ।

नेपाली समाज हङ्कङका संयोजक प्रेम लामाको बिशेष उपस्थितिमा सम्पन्न भएको भेलाले प्रजुनकुमार अधिकारीको संयोजकत्वमा ४१ सदस्यीय समिति गठन गरेको प्रवास प्रादेशिक समितिका सह–संयोजक शंकर भण्डारीले बताएका छन ।

भेलाले उप–संयोजकमा यमबिलास भट्टराई र ईश्वर श्रेष्ठ, महासचिब नगेन्द्र खत्री, कोषाध्यक्ष अमृत श्रेष्ठ, सल्लाहकार बीरबल गुरुङलाई चयन गरेको छ ।

नेपाली ुसमाज मकाउ शाखाको सदस्यहरुमा लक्ष्मण भण्डारी, राम बुढा, चन्द्र छ्न्त्याल, देब कुवँर, सुजन कुमाल, डिल्ली खड्का, बिक्रम श्रेष्ठ, लोकेस न्यौपाने, रामबहादुर बि क, ऋषि तामाङ, दिपक अधिकारी, सरस्वती पोखरेल, बिकाश रावल, जीवन कुवँर, निर्मला गुरुङ, केदार नेपाली, गोबिन्द पाण्डेलगायत रहेका छन ।