बर्दियामा सवारी दुर्घटना,१० घाइतेः थप उपचारको लागि ५ जनालाई कोहलपुर रिफर

चारजना डिस्चार्ज

बर्दिया,फागुन ९ । बर्दियाको भुरिगाउँमा आज भएको सवारी दुर्घटनाबाट दशजना घाइते भएका छन । गम्भिर घाइतेहरुलाई थप उपचारको लागि कोहलपुर मेडिकल कलेजमा लगिएको छ ।

बर्दियाको बबई नगरपालिका–६ राष्ट्रिय स्थित निकुन्ज क्षेत्रमा बा.२ ख ४१५५ नम्बरको विंगरले बा.१३ च ८४५ नम्बरको जिपलाई आज ठक्कर दिंदा भएको दुर्घटनामा दुबै गाडीमा सवार गरी १० जना घाइते भएका हुन।

घटना लगत्तै प्रहरी र स्थानीयवासीले घाइतेहरुको उद्धार गरेका थिए । घाइतेहरुलाई तत्कालीन उपचारको लागि भुरिगाउँ स्थित के.पी. क्लिनिक लगिएको र केहि गम्भिर चोट लागेकाहरुलाई त्यहाँबाट कोहलपुर रिफर गरिएको बर्दियाबाट हरपल नेपाल संवादाताले जनाएका छन ।

घाइतेहरु मध्य ४ जनालाई थप उपचारको कोहलपुर रिफर गरिएको छ भने ५ जना भुरिगाउँमै सामान्य उपचारपछि डिस्चार्ज भएको र दुबै सवारी साधनहरु प्रहरीको नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ ।