सरकारले रिक्त रहेका १४ देशमा नयाँ राजदूत सिफारिस गर्यो (को को परे सिफारिसमा नाम सहित)

स्पेनमा नयाँ दूतावास खोल्ने

काठमाडौं,फागुन ९ । सरकारले खाली रहेका १४ देशका लागि नयाँ राजदूतको नाम सिफारिस गरेको छ। आज बसेको मन्त्रीपरिषदको बैठकले रिक्त रहेका १४ देशका लागि नयाँ राजदूतहरुको नाम सिफारिस गरेको छ । आज साझँ दोश्रो पटक बसेको बैठकले स्पेनमा दूतावास खोल्ने निर्णय समेत गरेको छ ।

सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री सुरेन्द्र बहादुर कार्कीका अनुसार रिक्त रहेका देशको लागि आजको बैठकले राजदूतको नाम सिफारिस गरेको छ र त्यसको कार्यान्वयनमा सरकार सक्रिय रहने छ ।

विभिन्न देशमा राजदूत रिक्त रहेकाले यसअघिको सरकारले राजदूतको नाम सिफारिस गरेपनि त्यसको कार्यान्वयन भने हुन सकेको थिएन । यस पटक पनि संसदिय सुनुवाईपछि मात्र उनीहरुको नियुक्तिको बाटो खुल्ने देखिन्छ ।

को को कहाँको राजदूतमा सिफारिस भए ? 

१) युएई आशा लामा २)जापान प्रतिभा राणा ३)डेनमार्क युवनाथ लम्साल ४)बहराईन पदम सुन्दास ५)अष्ट्रेलिया लक्की शेर्पा
६) कतार रमेश प्रसाद कोइराला ७) साउदी अरेबिया महेन्द्र सिंह ८) म्यानमार भिम उदास ९) श्रीलंका विश्वम्भर प्याकुरेल
१०)ओमान शर्मिला पराजुली ११) कोरिया अर्जुन जंगबहादुर १२) बंगलादेश चोपलाल भुषाल १३) इजरायल निरन्जन थापा
१४) स्पेन अवकास प्राप्त सहायक उपरथी भरत रायमाझी