विदेशीएका नेपालीको सजिव कथा–हेमन्त रानाको ‘सुन साइँली साइँली’

हरपल नेपाल डटकम,काठमाडौं । आफ्नो देशमा रोजगारीको उपयुक्त वातावरण नहुदा घर परिवारको लालन पालनका लागि बिदेशीन बाध्य भएका नेपालीहरुको सजिव कथा बोल्ने गित–सुन साइँली, यतिबेला नेपाली दर्शक,श्रोताहरुबीच अत्यन्त लोकप्रिय बनेको छ । गायक हेमन्त रानाको स्वरमा रहेको यो गीत नेपाली गीत संगीत पारखीहरुको मनमा मात्र होइन यतिबेबेला हरेक नेपालीको आवाजमा झुन्डिएको छ ।

जब यो गीत माघ २९ गते युट्युबमा अपलोड भयो,चौबीस घन्टा नपुग्दै पाँच लाख बढीले हेरेका थिए । यो गीत युट्युबमा राखिएको आज दश दिन पुगेको छ, हरपल नेपालले यो सामग्री तयार गर्दासम्म ४१,३६,७७६ जनाले हेरिसकेका छन । पैसा कमाउनका लागि विदेशीनु पर्ने बाध्यता अनि मनभरी स्वदेशी मायाले रंगीएको अत्यनत मार्मिक भाव,शब्द र शैलीमा रहेको यो गीत वास्तवमै विदेशीएका नेपालीहरुको जिवन्त कथा जस्तै छ ।

यस गीतको भिडियोमा गौरभ पहारी र मेनुका प्रधानको जिवन्त अभिनय रहेको छ । त्यसैगरि कालिप्रसाद बासकोटा र हिमाल साउदको शब्द रहेको छ । यसमा कालिप्रसाद बासकोटा आफैले संगीत दिएका छन ।

‘सुन साइँली साइँली परदेशबाट म आउँला

सुन साइँली साइँली चालीस कटेसी रमाउँला’

LOADING...