बसुन्धारास्थित चण्डिका इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सी संचालक पक्राउ,ठगी मुद्धामा कार्वाही

जापान पठाउने भन्दै १० लाख बढि ठगी गरेको आरोप

काठमाडौं,फागुन ९ । एग्रिकल्चरल रिसर्च भिषामा जापानमा रोजगारीका लागि पठाउने भन्दै रकम लिई ठगी गर्ने काठमाडौं बसुन्धारास्थित चण्डिका इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सीका संचालकलाई प्रहरीले पक्राउ गरि कावार्ही प्रकृया अघि बढाएको बताएको छ ।

काभ्रेपलाञ्चोक सस्र्युखर्क गाविस–७ का ३१ वर्षीय देवराज तामाङलाई महानगरीय अपराध महाशाखाले वैदेसिक रोजगारीको नाममा ठगि गरेको आरोपमा फागुन ६ गते काठमाडौं बसुन्धराबाट पक्राउ गरेको थियो,हाल उनको कावार्ही प्रकृया अभिबढाएको प्रहरीले बताएको छ ।

तामाङले उक्त कन्सल्टेन्सीबाट आकर्षक तलवको सुविधा भएको कुक भिषामा जापान पठाइदिने, यसबापत १४ लाख ५० हजार रुपैयाँ लाग्छ भनी खोटाङ बाहुनीडाँडा गाविस–९ की छपन सरी राईबाट पेश्की स्वरुप २ लाख ५ हजार रुपैया लगेर सम्पर्क विहिन भएका थिए ।

त्यसका साथै ठगिको आरोप लागेका तामाङले धादिङ जीवनपुरका हिरालाल ठकुरी, गोकुल रेग्मी, लक्ष्मण रेग्मी, रमेश सेढाई, बलराम गजुरेल, धादिङ छत्रेदेउरालीका शम्भुप्रसाद लोहनी, काठमाडौं सितापाईलाका सुदन भट्टराई समेत ७ जनालाई जनही ९ लाख ५० हजार लाग्ने भनी ८ लाख ४० हजार गरी जम्मा १० लाख ४५ हजार रुपैयाँ लिएर विदेश नपठाई सम्पर्क विहीन भई ठगी गरेको महाशाखामा निवेदन प्राप्त भएपछि प्रहरीको विशेष टोलीले तामाङलाई पक्राउ गरेको थियो ।

तामाङले निज छपनसरी राईको नाममा होटल ट्रेनिङ प्राप्त गरेको र होटलमा काम समेत गरेको अनुभव भएको नक्कली कागजात बनाई मेडिकल लगायतका प्रकृया गरी विश्वासमा पारेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।

तामाङलाई ठगी मुद्दामा आवश्यक कारवाहीको लागि महाशाखाले आइतबार महानगरीय प्रहरी परिसर काठमाडौं पठाएको बताएको छ ।