विप्लव माओवादी निकटको अखिल क्रान्तिकारीद्धारा उपाध्यक्ष सहित तीनलाई कार्वाही

क्याम्पस प्रशासनलाई माग पुरा गराउन चेतावनी

गुल्मी,फागुन ९ । विप्लव माओवादी निकटको अखिल क्रान्तिकारीले गुल्मी जिल्ला उपाध्यक्ष सहित तीन जना कार्यकर्तालाई कार्वाही गरेको छ ।

अखिलक्रान्तिकारी गुल्मी जिल्ला अध्यक्ष मुक्ति गैरेले आज एक विज्ञप्ती सार्वजनिक गर्दै संगठनको नीति र अनुशासन विपरित गएको,अराजक कार्यशैलिद्धारा संगठनको गोपनियता भंग गरेको आरोप लगाउदै उनीहरुलाई कारवार्ही गरिएको बताएका छन ।

उकत विज्ञप्तिमा जिल्ला उपाध्यक्ष माधव पाण्डे, जिल्ला समिति सदस्य नरेश पछाई ,रेसुङ्गा बहुमुखी क्याम्पस समितिका कोषाध्यक्ष मनोज कुमार खत्री लगाएतलाई कारवार्ही गरिएको उल्लेख छ ।

उक्त विज्ञप्तीमा भनिएको छ–‘हाम्रो संगठन अनुशासन र वैज्ञानिक व्यवहारमा बाँच्ने संगठन हो । संगठनको विधान विपरीत जो सुकै गएपनि कार्वाही गर्न बाध्य हुन्छौ ।’

साथै उक्त विज्ञप्तीमा रेसुङ्गा बहुमुखी मुल ईकाई समिति प्रशासन तहबाटै दर्ता भएकोले उक्त समिति विघटन नभएको जनाइएको छ । अध्यक्ष गैरेले विज्ञप्ती मार्फत क्याम्पस प्रशासनले आफुहरुसँग गरेको तीन बुँदे सहमति लागू गरि स्ववियु रोक्न माग गरेका छन । उनले उक्त सहमतिलाई बेवस्ता गरिए त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार कयाम्पस प्रशासन हुनु पर्ने जनाएका छन् ।

कारवाहीमा परेका पाण्डेले केही समयअघि स्ववियु निर्वाचनसँगै उक्त क्याम्पस प्रशासन समक्ष २६ बुँदे माग पत्र पेश गरेका थिए,उनी विप्लव निकट बिद्यार्थी संगठनको १७ औं जिल्ला अधिवेशनबाट उपाध्यक्षमा निर्वाचित भई सक्रिय रुपमा काम गर्दै आएको विद्यार्थीहरु बताउछन । उनी रेसुङ्गा बहुमुखी मुल ईकाई समितिका अध्यक्ष समेत हुन ।