पृथ्वीनारायण क्याम्पस सभापतिमा क्रान्तिकारीबाट प्रविणाको उम्मेदवारी

अन्तर्राष्ट्रिय स्तको शैक्षिक हव वनाउने उद्घोष

पोखरा,फागुन ९ । आसन्न स्ववियु निर्वाचनका लागि पृथ्वीनारायण क्याम्पस पोखराको सभापति पदमा माओवादी केन्द्र सम्वद्ध अखिल (क्रान्तिकारी)ले प्रविणा अधिकारीलाई उम्मेदवार घोषणा गरेको छ।

१२ हजार भन्दा बढि विद्यार्थी अध्ययन गर्ने उक्त क्याम्पसमा लोकप्रिय विद्यार्थी नेतृ प्रविणालाई सर्वसम्मत रुपमा सभापति पदको उम्मेदवार बनाइएको अखिल क्रान्तिकारीका केन्द्रीय सचिव अमरदिप पराजुलीले वताए।

कास्की जिल्ला लाहाचोककी वासिन्दा अधिकारी पिएन क्याम्पसमा स्नातकोत्तर तहकी नियमित विद्यार्थी हुन् । २४ वर्षीय प्रविणा अखिल क्रान्तिकारीको केन्द्रीय सचिवालय सदस्य समेत हुन्।

प्रविणाले उक्त क्याम्पसमा अखिल क्रान्तिकारीको बलियो पकड रहेको भन्दै निर्वाचनबाट आफ्नो प्यानलको जीतहने दाबी गरेकी छन ।

उनले पृथ्वीनारायण क्याम्पसमा विद्यार्थीले परिवर्तन चाहेकाले यसपटक क्रान्तिकारीले जित्ने आधार रहेको बताइन । उनले पृथ्वीनारायण क्याम्पसलाई अन्तर्राष्ट्रिय स्तको शैक्षिक हव वनाउन चाहेको समेत बताइन ।