इलामको महेन्द्र रत्न बहुमुखीमा क्रान्तिकारीबाट भक्तप्रसाद साशंकरको उम्मेदवारी घोषणा

सचिवमा मनिष लिम्बू र कोषाध्यक्षमा प्रमिला तामाङ

इलाम,फागुन ३ । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले इलाम स्थित महेन्द्र रत्न बहुमुखी क्याम्पसमा भक्तप्रसाद साशंकरको नेतृत्वमा स्ववियु निर्वाचनको लागि उम्मेदवारहरुको घोषणा गरेको छ।

हालै सम्पन्न क्याम्पस समितिको बैठकले महेन्द्र रत्न क्याम्पसमा आसन्न स्ववियु निर्वाचनको लागि अध्यक्षमा भक्तप्रसाद साशंकर,सचिवमा मनिष लिम्बु र कोषाध्यक्षमा प्रमिला तामाङ लगाएतका उम्मदवारहरुको नाम सर्व सम्मतले पाश गरेको हो ।

स्ववियु निर्वाचनको लागि क्याम्पसमा व्यापक प्रचार प्रसार गरिएको भएको र उम्मेदवारको नामावलि अरु संगठनहरु भन्दा पहिले नै सार्वजनिक गरिएको भन्दै अखिल क्रान्तिकारी इलाम जिल्ला उपाध्यक्ष तथा क्याम्पस इन्चार्ज विपिन पोख्रेलले हरपल नेपाललाई जनाएका छन ।

क्रान्तिकारीबाट अध्यक्ष पदको उम्मदवार साशंकर बिए पहिलो बर्ष,सचिव लिम्बु हर्टिकल्चर र कोषाध्यक्ष तामाङ बिएड दोश्रो बर्षमा अध्ययरत नियमित विद्यार्थी हुन । उनीहरुले क्याम्पसका नियमित आउने र शैक्षिक हक,हित र अधिकारको विषयमा ओकालत गर्दै आएको संगठनलाई जिताउन आग्रह गरेका छन ।

क्रान्तिकारीका नेता विपिन पोख्रेलले महेन्द्र रत्न बहुमुखी क्याम्पस इलाममा भ्रष्टाचार मुक्त,शैक्षिक सुधार र
नियमित पढनपाढनको वातावरण गराउने एजेन्डा सहित नेताहरु चुनावी प्रचार प्रसारमा लागेको बताएका छन । उनले क्रान्तिकारीको जीत सुनिश्चित हुने वातावरण निर्माण भएको बताए ।