नेपाल कमर्श क्याम्पसमा क्रान्तिकारीबाट राजेश मैनालीको उम्मेदवारी घोषणा

भन्छन–‘शैक्षिक सुधार मुख्य एजेण्डा’

काठमाडौं,फागुन ३ । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले राजधानी स्थित नेपाल कमर्श क्याम्पसमा महेश जिसिलाई स्ववियु अध्यक्षको उम्मेदवार घोषणा गरेको छ।

काभ्रेका स्थायी वासिन्दा मैनाली लामो समयसम्म विद्यार्थी आन्दालनमा सक्रिय रहदै आएका जुझारु नेतामा गनिन्छन । उनलाई हालै सम्पन्न क्याम्पस समितिको बैठकले सर्वसम्मत रुपमा स्ववियु अध्यक्षको उम्मेदवार बनाइएको अखिल क्रान्तिकारीका केन्द्रीय सचिव सदस्य तथा ३ नंम्बर प्रदेश सह इन्चार्ज डिबि साउदले हरपल नेपाललाई जानकारी गराए ।

२७ बर्षे मैनाली कमर्श क्याम्पसमा एमविएस अध्ययन गर्ने नियमित ििवद्यार्थी हुन । उनले स्ववियु निर्वाचनका लागि आफ्नो उम्मेदवारी निश्चित भएपछि प्रचार प्रसारको कामलाई ब्यापक पारेको जनाएका छन ।

अखिल क्रान्तिकारीका नेता समेत रहेका मैनालीले स्ववियुमा आफुले शैक्षिक सुधारको मुख्य एजेण्डा बनाएर विद्यार्थीहरु माझँ गएको र सबैले आफुलाई समर्थन गरेको हुनाले जित्ने विश्वास गरेका छन ।

क्रान्तिकारीका नेता डिबि साउदले कमर्श क्याम्पसमा आफ्नो संगठनको पछिल्लो अवस्था अत्यन्त राम्रो बनेको र त्यहाँ आम विद्यार्थीहरुले मैनालीको उम्मेदवारीलाई स्वीकार गरेको जनाउदै उनको विजय निश्चित देखिएको जनाएका छन ।