भिरबाट लडेर दाजुभाइको मृत्यु
प्रकासित मिति : २०७३ फाल्गुन ३, मंगलवार
प्रकासित समय : १०:४६
बैतडी, फागुन ३ । भिरबाट लडेर गाँजरीमा दाजुभाइको सोमबार मृत्यु भएको छ । मृत्यु हुनेमा गाँजरी–२ का ४० वर्षीय करे धामी र उनका ३० वर्षीय भाइ परे रहेको स्थानीयवासी वसन्त विष्टले जानकारी दिए ।
साँझ दुदिलाखान बजारबाट घर जाने बेला स्थानीय भानुभिरबाट खसेर घटनास्थलमै तिनको ज्यान गएको बताइएको छ ।
दाइ भिरबाट लड्दा भाइले बचाउन खोज्दा दुवै जना भिरबाट लडेको विष्टले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले प्रहरी टोली घटनास्थलतर्फ गइरहेको बताए । घटनास्थल सदरमुकामबाट डेढ दिनको पैदल दूरीमा पर्छ । रासस