सुर्खेत क्याम्पसमा क्रान्तिकारीबाट महेश जिसिको उम्मेदवारी घोषणा

नमुना क्याम्पस बनाउने उद्घोष

सुर्खेत,फागुन ३ । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले सुर्खेत शिक्षा क्याम्पसमा महेश जिसिलाई स्ववियु अध्यक्षको उम्मेदवार घोषणा गरेको छ।

सुर्खेतकै स्थायी वासिन्दा रहेका जिसिलाई सर्वसम्मत रुपमा स्ववियु अध्यक्षको उम्मेदवार बनाइएको अखिल क्रान्तिकारीका केन्द्रीय सचिव तथा ६ नंम्बर प्रदेश इन्चार्ज खेमवहादुर सिंहले जनाए।

क्रान्तिकारीका केन्द्रीय सदस्य रहेका जिसि सुर्खेत जिल्लाका अध्यक्ष समेत हुन्।सुर्खेत शिक्षा क्याम्पसका नियमित विद्यार्थी रहेका जिसि विद्यार्थी माझ लोकप्रिय र स्थापित छन्।

आफ्नो जीत सुनिश्चित रहेको दावी गर्दै जिसिले भने–‘हामी सुर्खेत शिक्षा क्याम्पसलाई नमुना क्याम्पस वनाउनेछौं।’