निर्धारित समयमै स्ववियु निर्वाचन गराउन अखिल क्रान्तिकारीको माग

निर्वाचन विरोधी कृयाकलाप विरुद्ध आज देशब्यापी प्रदर्शन

काठमाडौं,फागुन २ । माओवादी केन्द्र निकटको अखिल क्रान्तिकारीले स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वयन समितिकी संयोजक सुधा त्रिपाठीको गाडीमा आगजनी गरिएको घटना प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउदै निर्धारित समयमै निर्वाचन गराउन त्रिवि प्रशासनसँग जोडदार माग गरेको छ ।

क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपानेले आज एक प्रेस विज्ञप्ती सार्वजनीक गर्दै स्ववियु निर्वाचनलाई लक्षीत गर्दै आक्रमण गरिएको भन्दै कुनैपनि वाहनामा निर्वाचनलाई सार्ने,टार्ने र बिथोल्ने खालको नियतको विरोधका लागि आज देशव्यापी प्रर्दशन गर्न अपिल गरेका छन ।

क्रान्तिकारीले त्रिवि प्रशासनलाई निर्धारित मितिमै स्ववियु निर्वाचन गराउन जोडदार माग गदै आज देशभरी पैदर्शन गर्ने जनाएको छ ।

अखिल क्रान्तिकारीका अध्यक्ष न्यौपानेले हरपल नेपालसँग कुरागर्दै आठ बर्षपछि हुन लागेको स्ववियु विद्यार्थीको आन्दोलन र बलिदानीपूर्ण इतिहासबाट निर्माण भएको र यसलाई कसैले पनि रोक्न नमिल्ने बताए ।