भारतबाट शिवरात्री मनाउँन आएका साधुको भक्तपुरमा मृत्यु

भक्तपुर,फागुन २ । शिवरात्री पर्व मनाउन भक्तपुर स्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा आएका एक साधुको लडेर मृत्यु भएको छ ।

भारतको विहार निवासी वर्ष ५४ का भुजुङ्गा राम साधुको मन्दिर प्राङ्गणमा रहेको शौचालय जाँदा लडेर मृत्यु भएको महानगरिय प्रहरी वृत्त जगातीले बताएको छ ।

पशुपतिनाथ मन्दिरबाट हिजै मात्र डोलेश्वर मन्दिर पुगेका तीन साधुमध्ये एकको शौचालय जाँदा लडेर मृत्यु भएको मृतक साधुसँगै आएका अन्य दुई साधुले जानकारी दिएका छन ।

मृतक साधुका साथमा नेपाली सत्र हजार एक सय उनाचालिस रुपैँया र भारु दुई रुपैँया रहेको प्रहरीले जानकारी दिएको छ । मृतक साधुको शव पोष्ट मार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्ज लागिएको जनाइएको छ ।