त्रिविको स्ववियु निर्वाचन समितिको अध्यक्ष त्रिपाठीको गाडीमा आगजनी

गाडीको पछिल्लो भाग जलेर नष्ट

काठमाडौं,फागुन २ ।  त्रिभुवन विद्यवविद्यालले स्ववियु निर्वाचन गनराउनका लागि गठन गरेको निर्वाचन मुल समिति अध्यक्षको गाडिमा केहि समय अगाडि अज्ञात समुहले आगजनी गरेको छ ।

त्रिविको शिक्षाध्यक्ष समेत रहकी निर्वाचन समिति अध्यक्ष डा. सुधा त्रिपाठीको निजि गाडीमा आज बिहान अज्ञात समुहले आगजनी गरेकोहरपल नेपालसँग प्रहरी बताएको छ ।

अध्यक्ष त्रिपाठी सवार बा २ च ५६३० नम्बरको टियुको गाडीलाई आज बिहान कुपण्डलको बागमती पुलको छेउमा रहेको युएन पार्क नजिकैरोकेर केहि संख्यामा रहेका अज्ञात युवाहरुले एक्कासी आगजनी गरेको बताइएको छ ।

अज्ञात समुहको आगजनीका कारण गाडीको पछाडि तिरको भागमा क्षती पुगेको प्रहरीले जनाएको छ । प्रहरीले संकाशपद व्यक्तिको खोजी कार्य भैरहेको जनाएको छ ।