भारतमा हुन लागेको विधानसभा निर्वाचका कारण सीमानाका बन्द

चार गते साझँ नाका खुल्ने

कैलाली, फागुन २ । भारतको उत्तर प्रदेशमा हुनलागेको विधानसभा निर्वाचनका कारण नेपालसँग सीमा जोडिएका विभिन्न नाकाहरु आज साझँदेखि दुई दिनसम्म बन्द गरिने भएको छ ।

भारतको विधान सभाका कारण सीमा जोडीएको कैलाली अन्तर्गत पर्ने विभिन्न ९ वटा नाकाहरु आज साँझ ५ बजेदेखि बन्द हुने भएका छन् ।

विधानसभा निर्वाचनले गर्दा आज साँझदेखि फागुन ४ गते साँझ ८ बजेसम्म भारतको उत्तर प्रदेशसँग जोडिएका कैलालीका सबै नाका बन्द हुने जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

उत्तरप्रदेश निर्वाचन र नाका बन्द गर्दा हुने समस्याको विषयमा केहि दिन पहिले नेपाल र भारतका प्रशासनिक निकायबीच छलफल समेत भएको प्रहरीले जनाएको छ । नेपाल र भारतबीच सीमा जोडिएका क्षेत्रमा निर्वाचनको अवस्थामा दुई देशबीच सहमति र छलफल गरेर नाका बन्द गर्ने पहिलेदेखिकै चलिएको प्रचलन हो ।