२४ दिने विपद व्यावस्थापन तालिमको समापन

प्रभावकारी कार्यान्वयनमा जोड

काठमाडौं,फागुन २ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधनमा संचालित विपद व्यवस्थापन तालिम पहिलो उपचार सहयोगी,भत्केका संरचनामा खोजी तथा उद्दार र विपद पश्चात् शव व्यवस्थापन पाँचौ समूहको तालिम हिजो समापन भएको छ ।

विपद व्यवस्थापन महाशाखा सामाखुशीमा आइतबारसम्मन्न उक्त तालिमको समापन कार्याक्रमा प्रहरीले विपद व्यवस्थापनको लागि अघिसारेको नीति लाई सफल बनाउन तालिमले महत्पूर्ण भुमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।

उक्त कार्यक्रममा महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक नारायण सिंह खड्काले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गर्दै आधारभूत तालिम पछिको उन्नत तालिम भएकाले जुनसुकै समयमा आउने विपदको उद्दार गर्न संगठनले लिएको नीतिलाई सफल बनाउन तालिम प्रदान गरेको उल्लेख गरे ।

उनले तालिमबाट प्राप्त गरेका ज्ञान,सिप,कला र विषेज्ञतालाई अनुशासित र इमान्दारीपूर्वक आफ्नो कार्यक्षेत्रमा विपदको समयमा लागू गर्नुपर्ने बताए।

२४ दिने उक्त तालिमको समापन कार्यक्रममा तालिम संयोजक प्रहरी निरीक्षक कुमार प्रसाद मैनालीले तालिम सम्वन्धी प्रतिवेदन प्रस्तुत गर्दै सहभागिलाई बधाई समेत दिए ।

उनले प्रहरी नायव निरीक्षक ३, प्रहरी सहायक निरीक्षक १,प्रहरी प्रहरी हवल्दार ३ र प्रहरी जवान २३ गरी ३० जना प्रशिक्षार्थीहरुको सहभागीता रहेको जानकारी गराएका छन ।