जब खुलामञ्चबाट विप्लव गर्जिएः जनक्रान्तिको यात्रा सुरु

आम प्रश्न–विप्लव के साँच्चै क्रान्ति गर्छन त ?

काठमाडौं,फागुन २ । नेकपा माओवादीले हिजो आफ्नो पार्टीको आठौं महाधिवेशनको उद्घाटन शत्र काठमाडौंको खुलामञ्चमा हजारौं नेता,कार्यकर्ता लगाएत अन्य सर्वसाधारणहरुको बीचमा सम्पन्न गरेको छ । उक्त कार्यक्रम माओवादीका महासचिव नेत्रबिक्रा चन्द विप्लवद्धारा उद्घाटन गरिएको हो ।

जनयुद्ध दिवसको अवसर पारेर आयोजना गरिएको उक्त महाधिवेशनको उद्घाट गर्दै विप्लवले खुलामञ्चबाट गर्जिदै भने–‘अब जनक्रान्तिको यात्रा सुरु भयो,तपाईहरु सबैले हाम्रो पार्टीको नेतृत्वलाई विश्वास गर्दै जनसत्ता ल्याउनका लागि गरिने सबैखाले संर्घषहरुमा साथ दिनुस । जनताको तागत रोक्न सक्ने क्षमता कसैसँग छैन । क्रान्तिकारी पार्टीले,जनताको पार्टी अब जनसत्ता प्राप्तिको यात्रामा अघि बढ्छ ।’

लामो समयदेखि विप्लवले गर्ने सम्बोधनको प्रतिक्षामा बसेका हजारौ मानिसहरुले, जब उनी सिटबाट उठेर माइकमा जान लागेका थिए,चारैतिरबाट तालिको गडगडाहट अनी सिटी र हो हल्लाको बर्षा गरेका  थिए । चौरको कुना कुनाबाट जिन्दाबाद भनेका स्वरहरु पनि सुनिन्थ्य ।

गडगडाहटपुर्ण ताली र हजारौंको उपस्थितीलाई विचार गर्दा पार्टीले अघिसारेको एकिकृत जनक्रान्तिको कार्यदिशालाई लागु गराउन भन्दै गरिएको समर्थन हो, उनले भने–‘जनताको साथ र सहयोगको भएपछि अरु कसैले नचाहदैंमा अब क्रान्ति रोकिदैन । मुलुकले अर्को मुक्ति आन्दोलन अनि अर्को क्रान्तिको माग गरेको छ । तपाईहरु ढुक्क रहनुस,जनवादी राज्यसत्ता प्राप्तिको लडाई अब माओवादी एक्लै नभए जनतालाई साथमा लिएर गर्छाै, क्रान्ति हुन्छ,हुन्छ ।’

विगतमासँगै जनताको राज्यसत्ताको लागि लडेका नेताहरु अहिले सिंदरबाट बालुवाटारसम्म पुगेको तर जनआन्दोलनको म्यान्डेटलाई कार्यान्वयन नगरेको भन्दै उनले जनयद्धको भावना विपरित ढंगले अहिलेको सरकार अघिबढेको बताए । उनले जो हिजो हाम्रो लिडरको बनेका थिए आज,तिनै यो देशको कुर्सिमा बसेर हाम्रो पार्टीमाथी हमला गर्ने,हाम्रा नेताहरुलाई पक्राउ गर्ने धम्की दिदै आएको भन्दै सरकारको बिरोध गरे ।

मुलुकमा तीन दलिय सिण्डिकेट लागु गराउदै कुर्सि र सत्ता टिकाउने धन्दामा लागेका उनीहरुलाई यो देशको,सीमानाको अनि जनताको भने कुनै चिन्ता नदेखिएको भन्दै उनले भने-यो देशमा जनताको नेतृत्व गर्ने पार्टी, राष्ट्रियताको पक्षधर अनि देशभक्त पार्टीको अभाव महसूस गर्दै क्रान्ति यात्रा निरन्तर अघि बढउनको लागि हाम्रो पार्टी आएको छ ।

विगतमा प्रचण्ड,बाबुरामहरुले क्रान्ति र नेपाली जनताहरुसँग झुुट बोलेको ,साम्राज्यवादी,विस्तावादीहरुको अगाडि घुडाटेको भन्दै उनले आरोप लगाए । उनले आफ्नो पार्टी कसैको चाकडि नगरिकन,यो देशमा जनताको नेतृत्व गर्ने पार्टी बज्न्ने दाबी समेछ गरे ।

विप्लव माओवादीको आठौं महाधिवेशनबाट जनयुद्ध वा कुनै क्रान्तिको घोषणा हुन्छ ,त्यसैले त्यतातिर नलाग वा विप्लव माओवादी जंगल पस्न थाल्यो,हिजोकाले जस्तै त गर्ला भन्ने खालका सोचहरु हाबी भएको भन्दै प्रचण्ड बाबुरामले जसरी आफुहरुले धोका नदिने उनले बताए । उनले भने–‘हामी क्रान्ति र क्रान्तिकारी वर्गलाई कहिल्यै धोका दिनेछैनौ । एक पटक हाम्रो कुरालाई सुनेर,विश्वास गर्दै एकिकृत जनक्रान्तिको कार्यदिशाको बाटोमा सँगै अघिबढौं । हाम्रो पार्टी क्रान्तिलाई पुर्ण रुपमा सम्पन्न गर्ने विश्वास जनाउन चाहन्छ ।’

एक अर्को प्रसंगमा उनले नेपाली युवाहरुलाई विदेसमा बेच्ने र दलालीकरण गरेर लाखौ लुट्ने म्यानपावर कम्पनीहरु आफ्नो पार्टीले ध्वस्त बनाउन चाहेको भन्दै विदेसिएका युवाहरुको रगत,पसिनाबाट आउने रेमिट्यान्सबाट मोटाएकाहले लाज मान्नु पर्नेबेला भएको समेत बताए ।

उक्त कार्यक्रममा माओवादीका स्थायी कमिटि सदस्यहरु चित्र बहादुर राना,असारे काका,धर्मेन्द्र बास्तोला,प्रकाण्डका साथै, क्रान्तिकारी माओवादीका प्रवक्ता हरीभक्त कडेल, सहिद परिवारको अध्यक्ष खुमा सुवेदी,बेपत्ता परिवारको अध्यक्ष अशोक रोकाय र घाइते योद्धा प्रेम वकय लगाएतले महाधिवेशनको सफलताको शुभकामना दिएका थिए ।