पब्लिक युथ क्याम्पसमा क्रान्तिकारीबाट बाबुरामको उम्मेदवारी

चुनावी प्रचार प्रसार तिब्र

काठमाडौं, फागुन १ । माओवादी केन्द्र निकटको अखिल क्रान्तिकारीले पब्लिक युथ क्याम्पसको स्ववियु सभापति पदमा बाबुराम नेपालीको उम्मेदवारी घोषणा गरेको छ ।  क्याम्पस इकाइ समितिको बैठकले नेपालीको नेतृत्वमा स्ववियु निर्वाचन लड्ने निर्णय गरेको हो ।

स्ववियु निर्वाचनका लागि पब्लिक युथ क्याम्पसबाट बाबुरामको उम्मेदवारी घोषणा भएपछि अखिल क्रान्तिकारीले चुनावको प्रचार प्रसारलाई ब्यापक बनाएको अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य तथा क्षेत्र नं ३ का सह इन्चार्ज डिबि साउदले हरपल नेपालसँग बताएका छन । उनले विद्यार्थीहरु उत्साहपूर्वक चुनावी प्रचार प्रसारमा जुटेको भन्दै अहिले सम्म क्रान्तिकारीको पक्षमा राम्रो प्रभाव रहेको बताए ।

सभापतिका उम्मेदवार बाबुरामले स्वच्छ शैक्षिक वातावरण निर्माण गर्ने आफ्नो मुख्य एजेन्डा भएको बताए । उनले क्याम्पसमा संगठनको प्रभाव राम्रो भएपनि जीत निश्चितताको लागि अझै धेरै मिहनत गर्नुपर्ने बताए ।

उनी युथ पब्लिक क्याम्पसमा एमबिएस पहिलो बर्षका नियमित विद्यार्थी हुन । गोर्खाको बोर्लाङमा स्थायी घर भएका नेपाली, लामो समयदेखि विद्यार्थी संगठनमा क्रियाशिल रहदै, विभिन्न शैक्षिक आन्दोलबाट आएका सफल नेता मानिन्छन ।
गोर्खा (९ बोर्लाङ mदक ज्ञ कत थभब