मोरङको उर्लाबारीमा मोटरसाइकल चालकको मृत्यु

मोरङ,फागुन १ । कोसीहरैँचा–१४ स्थित विराटचोक–विराटनगर सडकखण्डमा गए राति मोटरसाइकल आफैँ अनियन्त्रित भई ट्र्याक्टरमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ ।

विराटचोकबाट विराटनगरतर्फ जाँदै गरेको को९प ८४५१ नंको मोटरसाइकल सडक किनारमा पार्किङ गरिराखेको को२त ३०७० नंको ट्र्याक्टरमा ठोक्किँदा मोटरसाइकल चालक नाम, थर र वतन नखुलेका अन्दाजी ३०÷३२ वर्षीय पुरुषको घटनास्थलमै मृत्यु भएको हो । ट्र्याक्टर र त्यसका चालकलाई इप्रका, बेलबारीले नियन्त्रणमा लिएको छ । रासस