सानोठिमी क्याम्पसको सभापतिमा क्रान्तिकारीबाट रमेश खड्काको उम्मेदवारी 

चुनावको नयाँ ढंगले प्रचार हुदैँ

काठमाडौं,फागुन १ । माओवादी केन्द्र निकटको अखिल क्रान्तिकारीले भक्तपुर स्थित सानोठिमी क्याम्पसबाट स्ववियु निर्वाचनमा सभापति पदमा रमेश खड्कालाई उम्मेदवार बनाउने भएको छ । सानोठिमी क्याम्पस समितिको भेलाले खड्कालाई स्ववियु निर्वाचनमा संगठनको तर्फबाट सभापतिको उम्मेदारमा उठाउने निष्कर्ष निकालेको हो ।

लामो समयसम्म विद्यार्थी आन्दोलनमा सक्रिय रहदै आएका खड्का शैक्षिक क्षेत्रमा रहेका विकृति,विसंगति र असमानतहरुको विरुद्धमा लड्दै आएका सशक्त व्यक्ति भएको अखिल क्रान्तिकारीले जनाएको छ ।

क्याम्पस समितिले उनको उम्मेदवारी निश्चित गरेपछि विभिन्न प्रकारले निर्वाचनको प्रचार प्रसारमा जुटेको अखिल क्रान्तिकारीको क्याम्पस समितिले केहि दिन अगाडिदेखि ‘सानोठिमी क्याम्पसमा रमेश खड्कालाई जीताऔ’ भन्दै विद्यार्थीहरुले अभियान नै चलाएको जनाएको छ ।

उनीहले चुनाव प्रचारको नयाँ ढंगले अघि बढाएका छन । केहीदिन अगाडि क्याम्पसका विद्यार्थीहरुलाई खुल्ला भलिबल खेलाउदै चुनाव प्रचारको नयाँ तरिका सुरु गरेको उनीहरुले जनाएका छन ।