आज विप्लव माओवादीको महाधिवेशन उद्घाटनः स्वागत गेट र राता ब्यानरहरुले काठमाडौं सजि–सजाउ

देशभरीबाट ५० हजार बढि नेता कार्यकर्ताको सहभागिता

हरपल नेपाल ।

हरपल नेपाल । हरपल नेपाल । हरपल नेपाल । हरपल नेपाल । हरपल नेपाल । हरपल नेपाल । हरपल नेपाल । हरपल नेपाल । हरपल नेपाल । हरपल नेपाल ।

काठमाडौं,फागुन १ । नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेकपा (माओवादी)ले आज २२ औं जनयुद्ध दिवसको अवसर पार्दै आफ्नो आठौं महाधिवेशन काठमाडौंको खुलामंचबाट दिउँस १ः३० बजे उद्घाटन गर्देछ ।

मोहन बैद्य किरण नेतृत्वको तत्कालिन नेकपा माओवादीबाट अलग भएपछि विप्लवले उद्घाटन गर्न लागेको पार्टीको आठौं महाधिवेशनलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय राजनीतिमा अत्यन्त महत्वका साथ हेरिएको छ । नयाँ पार्टी नेकपा (माओवादी) गठन गरेको करिब २ वर्ष पुग्नै लाग्दा उसले आफ्नो महाधिवेशन आयोजना गर्न लागेको हो ।

देशभरीका नेता कार्यकर्ताहरुको बिचबाट आज नेकपा (माओवादी)का महासचिव नेत्रविक्रम चन्द्र ‘विप्लव’ले पार्टीको आठौं महाधिवेशनको उद्घाटन गर्दैछन । पार्टीको महाधिवेशनसँगै माओवादी नेता,कार्यकर्ताहरुले काठमाडौंका मुख्य चोक चोकहरुमा ‘एकिकृत जनक्रान्ति जिन्दावाद,एतिहासिक आठौं महाधिवेशन सफल पारौं’ भन्ने जस्ता नारा लेखिएका राता ब्यानरहरुले सजाएका छन ।

सिधा रुपमा हेर्दा यतिबेला,बिहेको लागि सृगार गरिएको मण्डप जस्तै, काठमाडौंलाई माओवादीमय ढंगले सजाइएको छ । त्यसमाथि पनि कायक्रम हुने मुख्य स्थान,खुलामंच क्षेत्रलाई रातो रंगको नयाँ संसारका रुपमा,ब्यानर,पतका,झण्डा अनि तोरण र राता बेलुनहरुले सजि सजाउ गरिएको छ । काठमाडौं प्रवेश हुने मुख्य चोकहरु कोटेश्वर,कंलकी,चावहेल,गोङगबु,बसुन्धरा लगाएतका क्षेत्रमा मात्र होइन, देशैभरीबाट राजधानी आउने मुख्य चोक,बजार,जिल्ला सदरमुकाम अनि सडकहरुमा स्वागत गेट सहित राता ब्यानरहरु रंगीएका देखिन्छन ।

लामो समयदेखि महाधिवेशनको तयारीमा जुटेका माओवादी नेता,कार्यकर्ताहरु हिजो साझँदेखि अहिलेसम्म काठमाडौं आउने क्रम जारी रहेको छ । पार्टीको उद्घाटन शत्रमा सहभागी हुनका लागि देशभरबाट हजारौंको संख्यामा नेता,कार्यकर्ताहरुलाई ल्याउन माओवादीले सयांै यातायातका साधनहरुको प्रयोग गरिएको जनाएको छ ।

विप्लव माओवादी निकटको क्रान्तिकारी पत्रकार संगठनका अध्यक्ष प्रभात चलाउनेले हरपल नेपालसँग कुरागदै महाधिवेशनको तयारीबारे जानकारी गराएका छन ।

विप्लवले कसरी गदैँछन उद्घाटन ?

नेकपा माओवादीका महासचिव विप्लवले पार्टीको आठौं महाधिवेशनको उद्घाटन आकाशमा बेलुन उडाएर गर्ने जनाइएको छ । एकिकृत जनक्रान्ति लेखिएका बेलुन सहित पार्टीको झण्डा आकाशमा उडाउँदै विप्लवले महाधिवेशनको औपचारीक उद्घाटन गर्ने कार्यक्रम तय भएको पार्टी श्रोतले बताएको छ ।

महाधिवेशनको औपचारीक उद्घाटनपछि विशेष कार्यक्रहरु प्रस्तुत हुनेछन । विभिन्न पार्टीहरुबाट आमन्त्रित अतिथिहरु र अन्य वरिष्ठ महानुभावहरुलाई मंचबाट शुभकामना लगाएतको मन्तव्य राख्ने,पार्टीको तर्फबाट विशेष जानकारी र विषयहरु प्रस्तुत गर्ने एवं साँकृतिक कार्यक्रमहरु गर्ने तय गरिएको छ ।

बैद्य र मोहन विक्रम सिंहलाई निम्तोः प्रचण्ड बावुरामलाई बाईकट

सामाजिक रुपान्तरणको नारा बोकेर दश दश बर्षसम्म सँगै बन्दुुक बोकेर मुक्ति वा मृत्यु भन्दै लडाईमा होमिएका तत्कालीन नेकपा माओवादी पार्टीका सर्वोच्च नेता प्रचण्डदेखि बावुरामलाई विप्लवले आफ्नो महाधिवेशन उद्घाटनमा आमन्त्रण गरेका छैनन ।

उनले मोहन बैद्य किरण र मोहन बिक्रम सिंहलाई भने पहिले नै आमन्त्रण गरीसकेका छन । केही नेताहरुका अनुसार प्रचण्डले सत्तामा गएर अनि बावुरामले नयाँ बन्ने लाइनमा गएर माक्सवाद बिर्सिएको भन्दै उनीहरुलाई निम्ता नगरिएको हो ।

काठमाडौंमा उद्घाटनः रोल्पामा बन्द शत्र

आज काठमाडौंमा महाधिवेशनको उद्घाटन गर्दै विप्लव माओवादीले बन्द शत्रको लागि भने दश बर्षे जनयुद्धको आधारक्षेत्र रोल्पाको थवाङमा सम्पन्न गर्ने जनाएको छ । रोल्पामा फागुन ४ गतेदेखि १० गतेसम्म बन्दसत्र गरिने भएको छ ।

एकीकृत जनक्रान्तिको मुलमर्म अनुसार गाउँ र सहरलाई जोड्ने प्रतिबिम्बका रुपमा सहरमा उद्घाटन र गाउँमा बन्दसत्र गर्न लागेको पार्टीको भनाई छ । बन्द सत्रकै लागि रोल्पाको थवाङमा एक हजार क्षमता भएको हल करिब साडे २ करोड लगानिमा निर्माण गरिएको छ । सहिद स्मृति हल नामाकरण गरिएको उक्त हलको लम्बाई १ सय ६५ फित र चौडाइ ४० फिट रहेको बताइएको छ ।

पार्टी सदस्य संख्याका आधारमा प्रत्यक जिल्लाबाट कम्तिमा १ जना र बढीमा १० जना प्रतिनिधि रोल्पा बन्द शत्रका लागि रोल्पा जाने भएका छन् । यो हिसाबले रोल्पामा हुने बन्द शत्रको कार्यक्रममा एक हजार जना जति सहभागी हुने अनुमान गरिएको छ । नेताहरुका अनुसार महाधिवेशनमा पार्टीको नाम फेर्न प्रस्ताव समेत आउने भएको छ ।

उद्घाटन स्थलसम्म मुख्य तीन क्षेत्रबाट जुलुश प्रदर्शन हुने

देशभरबाट आएका नेता,कार्यकर्ताहरु माओवादीले काठमाडौंको तीन स्थानमा जम्मा गरी दिउँस १२ बजे नारा जुलुश सहित सडक परिक्रमा गराउदै महाधिवेशनको उद्घाटन स्थल खुलामंच सम्म ल्याउने तयारी गरेको छ ।

हरपल नेपाललाई प्राप्त जानकारी अनुसार माओवादीले मुख्य तीन स्थानहरु कलंकी,तीनकुने र नयाँ बसपार्कमा मानिसहरुलाई केन्द्रीत गर्दै कार्यक्रम स्थलसम्म जुलुश सहित ल्याउने छ ।

कंलकी हुदै आउने जुलुस कालीमाटी,त्रीपुरेश्वर,टुडिखेल अगाडिबाट हुदैँ कार्यक्रम स्थलमा प्रवेश गर्नेछ भने, तीनकुनेबाट आउने जुलुश नयाँ वानेश्वर चोक,बबरमहल,माइतिघर,भद्रकाली,पुरानो बसपार्क हुदै प्रवेश गर्नेछ । त्यसैगरी नयाँ बसपार्कबाट आउने जुलुश सामाखुशि,लैनचौर,दरमार्ग हुदै कार्यक्रम स्थलमा प्रवेश गर्ने बताइएको छ ।

५० हजार बढि मानिसहरु काठमाडौं भित्रीदैं

क्रान्तिकारी पत्रकार संगठनका अध्यक्ष प्रभात चलाउनेले दिएको जानकारी अनुसार माओवादीको आज हुने उद्घाटन शत्रमा सहभागी हुन देसभरीबाट ५० हजार भन्दा बढि मानिसहरु काठमाडौं भित्रीदै छन ।

माओवादीले जिल्ला पार्टीहरुबाट महाधिवेशनको लागि काठमाडौं आउने नेता,कार्यकर्ताहरुको बारेमा संकलन गरेको मोटामोटी विवरण अनुसार उनीहरुको व्यवस्थापन र यातायातका साधनहरुको पार्किङलाई व्यवस्थित गरिएको जनाइएको छ ।

सयौं सवारी साधनहरुको प्रयोग

माओवादी कार्यकर्ताहरु काठमाडौं आउने क्रममा विभिन्न समिति अन्तर्गत संचालनमा रहेका सयौं यातायातका साधनहरु प्रयोग भएका छन । माओवादी श्रोतका अनुसार टाढाबाट आएका कार्यकर्ताहरु उद्घाटन शत्र सकिएसँगै सोही गाडिमै साझँ फिर्ताहुने छन ।

विभिन्न जिल्लाबाट माओवादी नेताहरुले हरपल नेपालसँग बताए अनुसार देसभरीबाट ठूला सानागरी करिब ४०० वटा यातायातका साधनहरुको प्रयोग गरिने भएको छ ।

हामीलाई प्राप्त जानकारी अनुसार माओवादीको जनकपुर ब्योरोबाट सबैभन्दा बढि सवारी साधनहरुको प्रयोग भएको छ । त्यहाँबाट करिब ४७ वटा सवारी साधनहरु मार्फत मानिसहरु काठमाडौं आउदै छन । त्यसैगरी चितवनबाट १३,मकवानपुरबाट २३,उदयपुरबाट १०,झापाबाट २५,सुनसरीबाट १०,पोखराबाट १५,बागलुङबाट ५, गुल्मीबाट ३,रुपन्देहीबाट ११,सल्यानबाट ७,बर्दियाबाट ५,अछामबाट ३ र कैलालीबाट ११ वटा बसहरु शनिवार साझँनै काठमाडौं हिडेका छन ।