‘गुन्डागर्दी र भ्रष्टाचार मुक्त शैक्षिक वातावरणका लागि’–पद्मकन्यामा मेरो उम्मेदवारी

‘स्ववियु कब्जा गर्न होइन,सुधार गर्न चाहन्छु’

हंरपल नेपाल । कक्षा चारमा अध्ययन गर्दै गर्दा जानी नजानि राजनीतिमा होमिएकी कालिकोटकी एक चेली,दन्ता नेपाली । जो अहिले माओवादी केन्द्र निकटको अखिल क्रान्तिकारीको कोटाबाट काठमाडौंको बागबजार स्थित पद्मकन्या क्याम्पसमा स्ववियु सभापतिमा उम्मेदवारी दिने तयारीमा रहेकी छन । अखिल क्रान्तिकारीको केन्द्रीय सदस्य समेत रहेकी दन्ता, पद्मकन्या क्याम्पसमा बिबिएस चौथो बर्षमा अध्ययनरत छिन । उनी लामो समयदेखि शैक्षिक सुधारको लागि विद्यार्थी राजनीतिमा सक्रिय नेतृत्व गर्दै आएकी हुन ।  दुर्गम गाउँ,त्यसमा पनि गरीब परिवारमा हुर्केकी उनी,जीवनमा धेरै खाले संघर्षबाट अगाडि बढेको बताउँछीन । तत्कालीन नेकपा माओवादीले संचालन गरेको दश बर्षे जनयुद्धमा होस वा शान्ति प्रकृयापछिको खुला राजनीति,अनेकन बाधा ब्यवधानको बावजुत पनि निरन्तर समाज परिवर्तनको यात्रामा रहेकी २४ बर्षिया दन्ता नेपालीसँग हरपल नेपालले स्ववियु निर्वाचनमा तपाईको उम्मेदवारी किन, भनी सोधेको छ । प्रस्तुत छ उनीसँग गरिएको स्ववियु निर्वाचन केन्द्रीत कुराकनी….

१) स्ववियु सभापतिको उम्मेदवारको प्रतिश्प्रधामा आउदा कस्तो महसूस भएको छ ?

अत्यन्त खुशी लागेको छ । यो क्याम्पसको हकमा लामो समयसम्म संंगठनको महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै,शैक्षिक सुधारको लागि लड्ने,जुझारु,सक्रिय नेता बसन्ता भण्डारी लगाएतका साथीहरु त्रिविले लगाएको उमेर हदका कारण स्ववियु लड्ने अवसरबाट विमुख हुनुएको छ,उहाँहरु सबैको साथ सहयोग र हौसलाले निर्वाचनको प्रतिश्पर्धा अलि स्वादीलो नै हुन्छ भन्ने लागेको छ ।

खासगरी स्ववियु निर्वाचनको सिन्दर्भमा भन्नुपर्दा क्याम्पसमा हाम्रो संगठनले पछिल्लो अवस्थामा राम्रो प्रभाव पारेको छ । शैक्षिक सुधारको विषयमा बोल्दा हाम्रा साथीहरुमाथि गुन्डा गर्दिको शैलिमा आक्रमण गर्ने काम पनि भएको थियो तर त्यसले आम विद्यार्थी साथीहरुको बीचमा हाम्रो संगठनलाई अझै बढि स्थापित बनायो । धेरै साथीहरुको त्याग,तपस्या र निरन्तरको लगानीबाट हाम्रो संगठन आज स्ववियु लड्नका लागि सबै भन्द पहिले आफ्नो उम्मेदारी घोषणा गर्दै प्रतिश्प्रर्धाको मैदानमा उत्रिएको छ । अहिले सम्मको अवस्थालाई हेर्दा अखिल क्रान्तिकारीको पुरै प्यानलको जीत हुने हामीले देखेका छौ । संगठनका जिम्मेवार साथीहरुले धेरै मेहेनत गरेर हाम्रो पक्षमा अत्यन्त राम्रो चुनावी वातावरण निमार्ण गरेको बेला आफुले सभापतिको प्रतिश्प्रधामा भागलिन पाउँदा धेरै खुशी महसूस भएको छ ।

२) तपाईको नजरमा स्ववियु जीत्नका लागि के कस्ता चुनौतिहर देख्नुहुन्छ ?

वास्तवमा निर्वाचनमा प्रतिश्प्रधाको अवस्था त हुन्छ नै,तर निर्णायक मत अझ पनि हाम्रै पक्षमा छ भन्ने हाम्रो संगठनको बुझाइ रहेको छ । स्ववियु चुनाव हामी जीत्नकै लागि लड्ने हो,अन्य संगठनहरुबाट प्रतिश्प्रधामा को आउने भन्ने नै आएको छैन । भन्नुको अर्थ हामीसँग कुनै चुनौति छैनन भन्ने पक्कै होइन ।

२०३५ सालदेखि एकलौटि नेविसंघको नेतृत्व रहदै आएको स्ववियुमा हाम्रो जीतमा केही चुनौति र धेरै सम्भावनाहरु हामीले देखिराखेका छौ । अरु संगठनहरुले झुटको राजनीतिलाई निरन्तरता दिए,विद्यार्थीलाई भोटका लागि मात्र प्रयोग गरे अनि स्ववियुलाई मागिखाने भाँडो जस्तो बनाए । त्यो पुरानो संस्कारको अन्त्य गरेर स्ववियुलाई विद्यार्थीहरुको साझाँ संस्था,हक,हित र अधिकारको लागि बोल्ने नेतृत्वदायी निकाय बनाउन पक्कै पनि धेरै प्रकारका चुनौतिहरु हाम्रो अगाडि रहेका छन । म आम विद्यार्थी साथीहरुलाई आग्रह गर्न चाहनछु– हिजो जीताएर पठाएका संगठनहरुले स्ववियुमा पुगेर के के गरे ? एक पटक राजनीतिक प्रभावमा नगएर मूल्याङ्कन गर्नुस, अनि सोचेर आफै निर्णय गनुस ।

यतिबेला विद्यार्थीहरुले अखिल क्रान्तिकारीले चुनौतिसँग डटेर सामना गर्दै यो क्याम्पसमा नयाँ सिस्टम,नयाँ प्रणाली लागु गर्नका लागि,गुन्डागर्दी रहित,भष्टचार रहित शैक्षिक वातावरण निर्माण गर्नका लागि हामीलाई अगाडि सार्नुभएको छ । हामीलाई विश्वास छ,आम विद्यार्थी साथीहरुले शैक्षिक सुधारको पक्षमा अखिल क्रान्तिकारीलाई नेतृत्वमा पुर्याउनु हुनेछ ।

३) क्याम्पस भित्र देखिएने मुख्य शैक्षिक,प्रशासनिक तथा वातावरणिय समस्याहरु के कस्ता छन ?

पहिलो कुरा त क्याम्पस भित्रको अनुशासन स्वयम् अहिलेको स्ववियुबाट पालना भएको छेन । क्याम्पस हाता भित्र धेरै पटक हाम्रा साथीहरुमाथि गुन्डागर्दीको शैलीमा आक्रमण भएको छ । त्यस्तो प्रकारको अराजकताले जेलिएको स्ववियु र पुरानो सोचबाट निर्देशित नेतृत्वको यो क्याम्पसले विकल्प खोजि रहेको छ । अर्को कुरा शैक्षिक वातावरण पनि संन्तोसजनक देखिन्न । विद्यार्थीहरुले भनेको बेला,खोजेको पुस्तक पाउदैनन,अन्य शैक्षिक कार्यक्रमहरु पनि निष्पक्ष र स्वतन्त्र ढंगले सञ्चालन नहुदा धेरै साथीहरु क्याम्पसको सेवा सुविधा लिनबाट बन्चीत हुनुपर्ने अवस्था रहेको छ ।

त्यस्तै क्याम्पस भित्र हुने आर्थीक श्रोत सम्बन्धीत फाइलहरु र त्यसको विषयमा पारदर्शि कामहरु गरिएका छैनन । यसले विद्यार्थीहरुको जानकारी पाउने हकलाई कुल्चेको छ र भष्टचारी प्रथालाई बढावा गरेको छ । यस्ता तमाम समस्याहरु क्याम्पसमा रहेका छन । हामीले त्यो सुधारको विस्तृत याजना सहित स्ववियुमा आफ्नो उपस्थिती जनाएका छौ ।

४) स्ववियुमा तपाईको उम्मेदवारी किन ? शैक्षिक सुधारको कस्तो योजना छ तपाईसँग ?

म नेपालको दुर्गम जिल्लाबाट शिक्षा हासिल गर्नका लागि राजधानी आएको मान्छे, वास्तवमा मलाई स्ववियु जितेर कसैको अगाडि ठूलो बन्न वा कसैसँग बदलाको भावना राख्नु छैन । मात्र कुरा के हो भने, आदर्श बिनाको राजनीतिक व्यवहार अनि यहाँ जबरजस्त लादिएको अराजकता,गुन्डागर्दी,भष्टचार,अनियमितता र बिग्रदो शैक्षिक वातावरणका कारण अध्ययन गर्ने सोचले टाढाबाट आएका धेरै साथीको भविष्यमै असर परेको छ, त्यो बिग्रदो शैक्षिक वातावरणलाई सुधार्ने प्रतिबद्धता सहित मैले आफ्नो उम्मेदवारी पक्का गरेकी हुँ ।

हाम्रो संगठनले शैक्षिक लोन,पार्ट टाइम जब,शिक्षामा एकरुपता, वैज्ञानिक र गुणस्तरिय शिक्षा, निशुल्क र सबैकालागि शिक्षा जस्ता एजेन्डा सहित हामीलाई निर्वाचनमा होमिन निर्देशित गरेको छ । वद्मकन्या क्याम्पसको स्ववियुमा आफ्नो उम्मेदवारी घोषणा गरेसँगै मैले भष्टाचार मुक्त शैक्षिक प्रशासन,गुन्डागर्दी रहित शान्त शैक्षिक वातावरण,क्याम्पस हाता भित्र नियमित सरसफाई,हरेक कार्यक्रमहरुको योजना,कार्यानवयन र बजेटबारे पार्दशिता लागु गर्ने,क्याम्पसमा इ लाइब्रेरिको लागि पहल गर्ने,स्ववियुलाई विद्यार्थीको हक,अधिकार र आन्दोलनको साझाँ सस्थाको रुपमा विकास गर्ने,छात्रावृति वा अन्य सुविधामा विद्यार्थीहरुको सहि मूल्याङको वातावरण निर्माण गर्ने र क्याम्पस भित्रको सबै खाले शैक्षिक वातावरणमा सुधार गर्ने ठोस योजना सहित मैले उम्मेदवारी दिन चाहेको जानकारी गराउन चाहन्छु ।

५) अन्त्यमा,प्रतिश्प्रधामा आउने विद्यार्थी नेता वा कसैलाई केही भन्नु छ ?

प्रतिश्प्रधामा आउने साथीहरुलाई निश्पक्ष ढंगले आ आफ्ना एजेन्डा लिएर बिद्यार्थीहरुसँग सौहार्दपूर्ण रुपमा जाऔ,विद्यार्थीले गर्ने फैसलाको सम्मान गरौ भन्न चाहन्छु । तर अहिले सम्म स्ववियुको प्रतिश्प्रधामा अन्य संगठनका साथीहरुको नाम सार्वजनिक भएको छैन ।

अन्य संगठनका नेता साथिहरु र आम विद्यार्थी सार्थीहरुलाई मैले हाम्रो संगठनको तर्फबाट स्ववियु कब्जा गर्नको लागि नभइ,क्याम्पसमा शैक्षिक सुधारको ठोस योजना सहित, त्यसको कार्यान्वयन गर्नको लागि उम्मेदवारी घोषणा गरेको जानकारी गराउन चाहन्छु । साथीहरुलाई राननीतिक प्रभावमा मात्र नअल्झेर आम क्याम्पसको पठन पाठनदेखि आमुल परिवर्तनको विषयमा सोच्न र त्यहि अनुरुप सहयोग गर्न आग्रह गर्न चाहन्छु ।