पद्मकन्या क्याम्पसको अध्यक्षमा अखिल क्रान्तिकारीबाट दन्ता नेपालीको उम्मेदवारी घोषणा

भन्छिन–‘भ्रष्टाचार र गुण्डागर्दी मुक्त,नमुना क्याम्पस वनाउने लक्ष्य छ ।’

अध्यक्ष पदकी उम्मेदवार दन्ता नेपाली सगठनका नेता,कार्यकर्ताहरुसँग छलफल गर्दै

काठमाडौं,माघ २९ । माओवादी केन्द्र निकटको अखिल क्रान्तिकारीले राजधानीको पद्मकन्यामा क्याम्पसमा स्ववियु निर्वाचनको लागि दन्ता नेपालीलाई अध्यक्ष पदको उम्मेदवार घोषणा गरेको छ।

पद्मकन्या क्याम्पस समितिको बैठकवाट नेपालीलाई सर्वसम्मत रुपमा उम्मेदवार चयन गरिएको क्याम्पस समितिकी अध्यक्ष वसन्ता भण्डारीले जानकारी दिइन्।

कालिकोट स्थायी घर भएकी नेपाली बिबिएस चौथो वर्षकी नियमित विद्यार्थी हुन्। त्रिभुवन विश्वविद्यालयले स्ववियुमा २८ वर्षे उमेरहद लगाएपछि २४ वर्षीय नेपाली उम्मेदवारको सुचिमा बनेकी हुन् । विद्यार्थी आन्दोलनमा लामो समयदेखि क्रियाशिल दन्ता नेपाली अखिल क्रान्तिकारीकी केन्द्रीय सदस्य समेत रहेकी हुन ।

उनले हरपल नेपालसँग कुरा गर्दै भनिन–‘मेरो उम्मेदवारी क्याम्पसमा देखिएका सबैखाले विकृति,बिसंगतीहरुको अन्त्य गर्दै स्वच्छ शैक्षिक वातावरण निर्माण गर्नका लागि हो । पहिलेका स्ववियु जित्ने विद्यार्थी नेताहरुले स्ववियुलाई विद्यार्थी हक,हित र अधिकारको पक्षमा भन्दा पनि सांगठनिक रुपमा चलाएको देखिन्छ,उनीहरुले विद्यार्थीहरुको पठन पाठनमा त्यस्तो उल्लेख्य काम गरेको पनि देखिएन,तसर्थ अखिल क्रान्तिकारीले अबको निर्वाचनसँगै शैक्षिक सुधारको काम गर्नुपर्ने छ । हामीले शैक्षिक सुधारको योजना सहित उम्मेदारी दिने दिने घोषणा गरेका छौ ।’

उनले पद्मकन्या क्याम्पसलाई भ्रष्टाचार र गुण्डागर्दी मुक्त नमुना क्याम्पस वनाउनु आफ्नो मुख्य उदेश्य रहेको भन्दै अगाडि भनीन–‘अब क्रान्तिकारी नेतृत्वमा पिके क्याम्पसले कांचुली फेर्ने निश्चीत छ । हाम्रो प्यानलले जित्ने निश्चीत देखेपछि अन्य संगठनहरुमा आतंक मच्चीएको छ । विद्यार्थी साथीहरु अनि संगठनका अग्रज विद्यार्थी नेता बसन्ता भण्डारी लगाएत सबैजनाले सघाउँनु भएको छ । हाम्रो जीतलाई अब कसैले रोक्ने सम्भावना छैन।’

क्याम्पस समितिकी अध्यक्ष बसन्ताले पनि क्याम्पसमा अखिल क्रान्तिकारीको प्रचार प्रसार राम्रो भएको भन्दै पछिल्लो समयमा प्रभाव बढेको बताइन । उनले स्ववियु निर्वाचनमा अखिल क्रान्तिकारीको समग्र प्यानलनै जीत्नेमा आफु विश्वस्त रहेको समेत बताइन ।