सरस्वती क्याम्पसमा क्रान्तिकारीबाट सन्तोष रानाभाटको उम्मेदवारी घोषणा
जीत सुनिश्चित रहेको दाबी
प्रकासित मिति : २०७३ माघ २९, शनिबार प्रकासित समय : १०:५४
काठमाडौं,माघ २९ । राजधानीको सरस्वती वहुमुखी क्याम्पसमा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)ले सन्तोष रानाभाटलाई स्ववियु अध्यक्षको उम्मेदवार घोषणा गरेको छ।
आगामी फागुन १४ गत हुने स्ववियु निर्वाचनका लागि क्रान्तिकारीको क्याम्पस समितिको वैठकवाट रानाभाट सर्वसम्मत रुपमा उम्मेदवार चयन भएको क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष दिपक देवकोटाले वताए।
अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य समेत रहेका चितवन निवासी रानाभाट सरस्वती क्याम्पसका नियमित विद्यार्थी हुन्। उम्मेदवार वनेपछि रानाभाटले सरस्वती क्याम्पसलाई आधुनिक र नयाँ क्याम्पस वनाउने आफ्नो मुख्य एजेण्डा रहेको बताएका छन।
गत स्ववियु निर्वाचनमा सरस्वती क्याम्पसवाट विना मगरको नेतृत्वमा अखिल क्रान्तिकारीको प्यानकै जिते भएको थियोे ।त्यतिबेला अखिल,नेविसंघ सहितको गठवन्धनलाई क्रान्तिकारी एक्लैले परास्त गरेको थियोे ।यसपटक पनि सरस्वती क्याम्पसमा आफ्नो जीत सुनिश्चित रहेको अखिल क्रान्तिकारीका नेता डिवि साउदले दावी गरे।